मिथिलाबासी गोधन कुट्ने पर्व मनाउँदै « Khabarhub

मिथिलाबासी गोधन कुट्ने पर्व मनाउँदै


५ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

जलेश्वर (महोत्तरी)- महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलमा क्षेत्रमा बसोबास गर्ने मिथिलानीहरु आज गोधन कुट्ने पर्व मनाउँदैछन् । यहाँका गाउँबस्ती तथा टोलटोलमा मिथिलानी (नारी)हरु बिहानै गोधन कुटेर पर्व मनाउँदैछन् ।

आजका दिन बिहानै यस क्षेत्रको प्रत्येक गाउँ बस्तीको चौबाटो र चौकहरुमा महिला दिदीबहिनीहरु जमघट भएर गोबर र केराउको दानालाई ओखलमा कुट्दै गोधन कुट्ने पर्व मनाउने गरेको जलेश्वर नगरपालिका –८ का माधव झाले बताए ।

अघिल्लो दिनको राति मिथिलाको घरमा रहेको गाई भैंसीको गोठमा गोबरबाट गोधन (माता लक्ष्मी र भगवान विष्णु) को प्रतिमा बनाइको थियो भने सोही गोधनलाई राति गाईवस्तुले कुल्चेर बाँकी रहेको गोधनको भागमध्ये केहीलाई आज बिहान मिथिलानीहरु त्यसमा केराऊको दाना मिसाएर गोधन कुटेर गोधन कुट्ने पर्व मनाउँछन् ।

दिदीबहिनीले बजरी (गोधनबाट निकालिएको केराउका दाना) खुवाएपछि दाजुभाइले दिदीबहिनीलाई कोसेली दिने चलन रहेको छ । यसैबीच हाँसो ठट्ठाको लागि दिदीबहिनीहरुले (बजरी खैया भैया बजर होईहा, दहेज न दिहा दरिद्र होईहा । अर्थात केराऊको दाना खाएर केराऊ जस्तै बलियो हुनु र दान नदिए दरिद्र हुनु) भनाइ पनि भन्ने चलन छ ।

प्रकाशित मिति : ५ कार्तिक २०८२, बुधबार  १२ : ४० बजे

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका