मिथिलाबासी गोधन कुट्ने पर्व मनाउँदै « Khabarhub

मिथिलाबासी गोधन कुट्ने पर्व मनाउँदै


५ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

जलेश्वर (महोत्तरी)- महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलमा क्षेत्रमा बसोबास गर्ने मिथिलानीहरु आज गोधन कुट्ने पर्व मनाउँदैछन् । यहाँका गाउँबस्ती तथा टोलटोलमा मिथिलानी (नारी)हरु बिहानै गोधन कुटेर पर्व मनाउँदैछन् ।

आजका दिन बिहानै यस क्षेत्रको प्रत्येक गाउँ बस्तीको चौबाटो र चौकहरुमा महिला दिदीबहिनीहरु जमघट भएर गोबर र केराउको दानालाई ओखलमा कुट्दै गोधन कुट्ने पर्व मनाउने गरेको जलेश्वर नगरपालिका –८ का माधव झाले बताए ।

अघिल्लो दिनको राति मिथिलाको घरमा रहेको गाई भैंसीको गोठमा गोबरबाट गोधन (माता लक्ष्मी र भगवान विष्णु) को प्रतिमा बनाइको थियो भने सोही गोधनलाई राति गाईवस्तुले कुल्चेर बाँकी रहेको गोधनको भागमध्ये केहीलाई आज बिहान मिथिलानीहरु त्यसमा केराऊको दाना मिसाएर गोधन कुटेर गोधन कुट्ने पर्व मनाउँछन् ।

दिदीबहिनीले बजरी (गोधनबाट निकालिएको केराउका दाना) खुवाएपछि दाजुभाइले दिदीबहिनीलाई कोसेली दिने चलन रहेको छ । यसैबीच हाँसो ठट्ठाको लागि दिदीबहिनीहरुले (बजरी खैया भैया बजर होईहा, दहेज न दिहा दरिद्र होईहा । अर्थात केराऊको दाना खाएर केराऊ जस्तै बलियो हुनु र दान नदिए दरिद्र हुनु) भनाइ पनि भन्ने चलन छ ।

प्रकाशित मिति : ५ कार्तिक २०८२, बुधबार  १२ : ४० बजे

हलमा लाग्ने फिल्मलाई काइदा : शुक्रबारदेखि बिदै बिदा

काठमाडौं – लामा सार्वजनिक बिदा हलमा रहेको फिल्मका लागि सुखद

भदौ २३ गते जेन-जी सहिद दिवस मनाउने सरकारको निर्णय*

काठमाडौं- सरकारले भदौ २३ गते जेन-जी सहिद दिवसका अवसरमा बिदा

सरकारका ७ निर्णय : भोटेकोशी बाढीपीडितलाई राहतदेखि जेन-जी सहिद दिवसमा सार्वजनिक बिदासम्म

काठमाडौं- सरकारले भदौ १० गतेको भोटेकोशी बाढी प्रभावितलाई राहत तथा

नीता ‘एक्लो छु’ भन्ने, दीपकसँग भिड्न सन्तोष सेन आइपुग्ने !

काठमाडौं – फिल्मले सन्तोषजनक व्यापार नगरेपछि नायक-नायिका र निर्माताले ‘म

ज्ञानेन्द्र शाहीको प्रश्न, ‘सुरुङभित्र फसेका नागरिक जिउँदै छन्, सरकार उद्धार गर्न किन जाँदैन ?’

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले रसुवाको भोटेकोशी