जलाइएको घर हेर्न बालकोट पुगेका ओलीले भने- यो सरकार मसँग दुस्मनी मोल्दैछ « Khabarhub

जलाइएको घर हेर्न बालकोट पुगेका ओलीले भने- यो सरकार मसँग दुस्मनी मोल्दैछ


५ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गत भदौ २४ गते जेन-जी आन्दोलनका नाममा जलाइएको भक्तपुरको बालकोटस्थित घरको अवलोकन गरेका छन् ।

आफूहरूले सरकारको नाममा दिइसकेको घरसहितको सार्वजनिक सम्पत्ति जलाइएको भन्दै ओलीले रोष प्रकट गरेका छन् । पत्नी राधिका शाक्यसहित पुगेका उनले सुशीला कार्की नेतृत्वको सरकार अपराधीलाई जोगाउन लागिरहेको बताए ।

‘यो सरकारले अपराधीलाई कारबाही गर्न मानेको छैन । स-प्रमाण पक्राउ परेकालाई पनि गृहमन्त्री ओमप्रकाश अर्याललले छाड्न भनेका छन्’, उनले भने, ‘गृहमन्त्रीले हिजो मात्रै दिएको अन्तर्वार्तामा बोलेका कुराले पनि सरकारको मनासय बुझ्न सकिन्छ । तोडफोड, लुटपाट र आगजनीमा संलग्नलाई बचाउने पक्षमा उहाँहरूको मनोभाव छ ।’

ओलीले आन्दोलनका नाममा जसलाई मर्का परेको छ, क्षति भएको छ, तिनीहरूमाथि सरकारमा दुस्मनी साँध्दै हिँडेको बताए ।

‘गृहमन्त्री अर्याल ममाथि व्यक्तिगत रिसइबी साँध्दैछन् । उनको र यो सरकारका मान्छेको घर र जग्गाको साँध सिमाना मैले मिचेको छैन तर दुस्मनी ममाथि साँधिरहेको छ’, उनले भने, ‘यो सरकारले केही गर्ने योजना बनाइरहेको सूचना आएको छ ।’

प्रकाशित मिति : ५ कार्तिक २०८२, बुधबार  १ : ०४ बजे

पछिल्लो बाढी पहिरोमा परेर ६ जनाको मृत्यु

काठमाडौँ, अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका विभिन्न

रुस–युक्रेनबीच हवाई आक्रमण तीव्र, सात जनाको मृत्यु

किएभ । रुस र युक्रेनबीच हवाई आक्रमण तीव्र बन्दै जाँदा

बाजागाजासहित इन्द्रायणीलाई द्यो छेँ इन्द्रलाई भित्र्याउँदै जात्रा सम्पन्न

भक्तपुर । इन्द्रजात्राको दिन सुरु भएको भक्तपुरको इन्द्र दह अर्थात

सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता

कास्की । पोखराको मध्यभाग भएर बग्ने सेती नदीको रामघाटमा अविरल

हमलाको गल्ती नगर्न इरानले दियो अमेरिकालाई चेतावनी

काठमाडौं । इरानले आफ्नो राष्ट्रमा हमलाको गल्ती नगर्न अमेरिकालाई चेतावनी