अमेरिकी राष्ट्रपतिको दक्षिण कोरिया भ्रमणअघि उत्तर कोरियाद्वारा धेरै क्षेप्यास्त्र प्रक्षेपण | Khabarhub Khabarhub

अमेरिकी राष्ट्रपतिको दक्षिण कोरिया भ्रमणअघि उत्तर कोरियाद्वारा धेरै क्षेप्यास्त्र प्रक्षेपण


५ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

सियोल- उत्तर कोरियाले बुधबार बिहान धेरै वटा छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । यो प्रक्षेपण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलगायत विश्व नेताहरू दक्षिण कोरियामा हुने शिखर सम्मेलनका लागि आउनु एक हप्ताअघि गरिएको पहिलो परीक्षण हो । दक्षिण कोरियाका ज्वाइन्ट चिफ्स अफ स्टाफका अनुसार ‘छोटो दूरीका ब्यालेस्टिक मिसाइलहरू मानिएका धेरै प्रोजेक्टाइलहरू’ पत्ता लगाइएको छ ।

ती मिसाइलहरू राजधानी प्योङयाङको दक्षिणी क्षेत्रबाट बुधबार बिहान करिब ८ः१० बजे (मङ्गलबार २३१० जिएमटी) प्रक्षेपण गरिएको थियो । सियोलको सेनाले ती क्षेप्यास्त्रहरू करिब ३५० किलोमिटर (२१७ माइल) दूरीमा उडेको जानकारी दिएको छ । दक्षिण कोरियाका राष्ट्रपति ली जे–म्युङले पदभार सम्हालेपछि यो पहिलोपटक भएको क्षेप्यास्त्र परीक्षण हो ।

यसैबीच, अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ–उनसँग सम्भावित भेटबारे सङ्केत गरेका छन् । उनले आफ्नो पहिलो कार्यकालमा किमसँग भएका उच्चस्तरीय बैठकहरू स्मरण गर्दै यस वर्ष पुनः वार्ताको आशा व्यक्त गरेका हुन् । उत्तर कोरियाको सरकारी मिडियाले पनि किमले भविष्यको संवादका ढोका खुला रहेको सङ्केत गर्दै अमेरिकालाई ‘प्योङयाङले आणविक हतियार त्याग्ने भ्रमपूर्ण माग त्याग्न’ चेतावनी दिएको छ ।

यसअघि प्योङयाङले रुस र चीनका शीर्ष अधिकारीहरूको उपस्थितिमा आयोजित सैन्य परेडमा आफ्नो ‘सबैभन्दा शक्तिशाली’ अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइल ह्वासोङ–२० प्रदर्शन गरेको थियो । राज्य मिडियाले उक्त मिसाइलको प्रहार दूरी ‘कुनै सीमा थाहा छैन’ भनेर दाबी गरेको थियो । सेप्टेम्बर महिनामा किमले लामो दूरीका आणविक क्षेप्यास्त्रका लागि प्रयोग हुने ठोस इन्धन इन्जिनको परीक्षण निरीक्षण गरेका थिए ।

राज्य मिडियाका अनुसार यो नवौँ र अन्तिम परीक्षण थियो, जसले निकट भविष्यमा नयाँ आइसिबिएमको पूर्ण परीक्षण हुने सङ्केत गरेको छ । सियोलस्थित इव्हा वुमेन्स युनिभर्सिटीका प्राध्यापक पार्क वोन–गोनका अनुसार यो प्रक्षेपण राष्ट्रपति ट्रम्प र उहाँका पछिल्ला गतिविधिहरूको प्रत्यक्ष प्रतिक्रिया हो । उनले भने, “किम जोङ–उनले सियोलमा हुने कार्यक्रमका बीच आफ्नो शासनको शक्ति र उपस्थिति देखाउने प्रयास गर्दैहुनुहुन्छ, जसरी उहाँले पहिले पनि गरिसक्नुभएको छ ।”

ट्रम्प आगामी अक्टोबर २९ मा एसिया–प्यासिफिक इकोनोमिक कोअपरेशन (एपेक) सम्मेलनमा सहभागी हुन दक्षिण कोरिया पुग्ने कार्यक्रम छ । उत्तर कोरियाले लामो समयदेखि अमेरिकी भू–भागसम्म पुग्ने क्षमताका मिसाइलहरूको परीक्षण गर्दै आएको छ ।

तर, प्योङयाङले बारम्बार आफ्नो आणविक कार्यक्रम त्याग्ने कुनै योजना नरहेको बताउँदै आएको छ । किम जोङ–उनले अमेरिकी नेतासँगको अघिल्ला तीन उच्च–स्तरीय बैठकहरू स्मरण गर्दै सेप्टेम्बरमा भनेका छन्, “यदि संयुक्त राज्य अमेरिकाले आणविक निःशस्त्रीकरणको भ्रम त्याग्छ र सह–अस्तित्वको चाहना राख्छ भने शान्तिको बाटो असम्भव छैन ।” प्योङयाङ हाल पनि संयुक्त राष्ट्रसङ्घको कडा प्रतिबन्धको सामना गरिरहेको छ, तर उसले रुस र चीनसँगको पुरानो साझेदारीलाई अझ बलियो बनाउँदै आएको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०८२, बुधबार  १ : ०६ बजे

अर्जुनधारा जलेश्वरधाममा महायज्ञ सुरु

झापा– पूर्वको पशुपतिनाथको नामले प्रसिद्ध अर्जुनधारा जलेश्वरधाममा ४३औँ वार्षिक अनुष्ठानका

विद्यार्थी तथा कर्मचारीलाई मतदाता परिचयपत्र दर्ता विद्यालयमै सुरु

काठमाडौं– मोडेल इन्स्टिच्युट अफ टेक्नोलोजी (एम्आइटी) ले मतदाता परिचयपत्र दर्ता

चीनको औद्योगिक उत्पादन अक्टोबरमा ४.९ प्रतिशतले वृद्धि

बेइजिङ– चीनको आधिकारिक तथ्याङ्कअनुसार औद्योगिक उत्पादन अक्टोबरमा वार्षिक आधारमा ४.९

सुदूरपश्चिममा हलगोरु पाल्ने कृषकलाई प्रोत्साहन कार्यक्रम

अत्तरिया– सुदूरपश्चिम प्रदेशमा हलगोरु पालन गर्ने कृषकलाई प्रोत्साहन कार्यक्रम सञ्चालन

चितवन मेडिकल कलेजमा ‘रोबोटिक सर्जरी’

चितवन– चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले रोबोटिक सर्जरी सेवा