खस भाषाको ‘खसिया आखर’ पुस्तक सार्वजनिक भएसँगै कर्णालीमा खुसी « Khabarhub

खस भाषाको ‘खसिया आखर’ पुस्तक सार्वजनिक भएसँगै कर्णालीमा खुसी


५ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

जुम्ला- संस्कृतिविद् रमानन्द आचार्यले खस भाषा शब्दकोषका रुपमा तयार गरेको ‘खसिया आखर’ पुस्तक सार्वजनिक भएसँगै जुम्लासहित माथिल्लो कर्णाली भेगका जनतामा खुसी छाएको छ ।

खस भाषाको उद्गमस्थलका रुपमा परिचत जुम्लासहित कर्णाली क्षेत्रका जनताले ४० हजार शब्दसहितको महत्वपूर्ण एवं ऐतिहासिक दस्तावेजका रुपमा पुस्तक प्रकाशन भएकामा लेखक तथा कर्णाली प्रदेश सरकारलाई धन्यवाद दिएका छन् ।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको सहयोगमा प्रकाशित उक्त पुस्तकले खस भाषाको संरक्षण र प्रवद्र्धनमा सहयोग पुर्‍याउन पुस्तकका लेखक आचार्यले जानकारी दिए ।

चन्दननाथ नगरपालिका–१ निवासी संस्कृतिविद् रमानन्द आचार्यले पुस्तक तयार गर्नेक्रममा सम्बद्ध पक्ष र क्षेत्रसँग १७ वर्षसम्म भएको छलफल तथा भेटघाटलाई समेत आधार बनाएर प्रकाशन गरिएको पुस्तकले खस भाषाको संरक्षण र सम्वद्र्धनमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे ।

कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले खस भाषा शब्दकोषका रुपमा प्रकाशित सो पुस्तक सार्वजनिक गरेका हुन् ।

प्रकाशित मिति : ५ कार्तिक २०८२, बुधबार  २ : ०५ बजे

स्पेन र केप भर्डेबीचकाे पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत स्पेन र केप भर्डेबीचको पहिलो

घटबढ भएन पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल/मट्टितेलको मूल्य यथावत् कायम

बेइजिङमा चिनियाँ समकक्षीसँग मन्त्री खनालको भेटवार्ता

काठमाडौँ । नेपाल र चीनले दुई देशको पारस्परिक हितका लागि

धौलागिरि प्रादेशिक अस्पतालमा डायलाइसिस गर्न पालो कुर्नु नपर्ने

बागलुङ – धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा मिर्गौला रोगका बिरामी बढ्दै

थ्रीडी मेमोग्राफी मेसिन खरिद प्रकरण : पाँच जना दोषी ठहर, उच्च अधिकारीहरूलाई सफाइ

काठमाडौं – विशेष अदालत, काठमाडौंले स्वास्थ्य सेवा विभागका लागि थ्रीडि