भारतले नेपाली विद्यालयलाई उपहारस्वरुप दियो ८१ वटा स्कुल बस « Khabarhub

भारतले नेपाली विद्यालयलाई उपहारस्वरुप दियो ८१ वटा स्कुल बस


५ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालस्थित भारतीय दूतावासले विभिन्न ४८ वटा जिल्लाका ८१ विद्यालयलाई १/१ वटा स्कुल बस वितरण गरेको छ ।

नेपाल–भारतबीचको दीर्घकालीन विकास साझेदारी र मित्रतालाई सुदृढ बनाउने उद्देश्यले कोशी प्रदेशका बाढी प्रभावित इलाम, झापा र उदयपुरसहित सातै प्रदेशका ४८ जिल्लास्थित शैक्षिक संस्थाहरूलाई ८१ वटा स्कुल बसहरू उपहारस्वरूप प्रदान गरिएको हो।

यी बसहरू हुम्ला, मुस्ताङ, संखुवासभा, दार्चुला, बैतडी र अछाम जस्ता दुर्गम जिल्लाका विद्यालयहरूमा पनि वितरण गरिने दूतावासले जनाएको छ।

विगत तीन दशकमा भारत सरकारले नेपालका विभिन्न शैक्षिक संस्थाहरूलाई जम्मा ३८१ वटा स्कुल बसहरू उपलब्ध गराइसकेको छ ।

जसले नेपाल–भारतबीचको मित्रता र सहयोगको सम्बन्धलाई अझ मजबुत बनाएको काठमाडौंस्थित भारतीय दूतावासले उल्लेख गरेको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०८२, बुधबार  ४ : ०९ बजे

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड