थाइल्यान्डकी पूर्वप्रधानमन्त्री पेटोङटार्न सिनावात्राको पार्टी नेतृत्वबाट राजीनामा « Khabarhub

थाइल्यान्डकी पूर्वप्रधानमन्त्री पेटोङटार्न सिनावात्राको पार्टी नेतृत्वबाट राजीनामा


५ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

बैंकक- थाइल्यान्डकी हालै पदच्युत पूर्व प्रधानमन्त्री पेटोङटार्न सिनावात्राले आफ्ना पिता, पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राले स्थापना गरेको फेउ थाई पार्टी प्रमुखबाट बुधबार राजीनामा दिएकी छिन् । यो कदमले थाइल्यान्डमा दुई दशकदेखि प्रभावशाली रहँदै आएको सिनावात्रा परिवारको राजनीतिक वंश अन्त्यतर्फ सङ्केत गरेको राजनीतिक विश्लेषकहरूले बताएका छन् ।

३९ वर्षीया पेटोङटार्नले प्रधानमन्त्रीको रूपमा एक वर्ष पनि पूरा गर्नुअघि नै कम्बोडियासँगको सीमा विवादमा देखिएको भनिएको नैतिकता उल्लङ्घनको आरोपका कारण गत अगस्टमा अदालतले उनलाई पदबाट बर्खास्त गरेको थियो । थाक्सिन सिनावात्रा परिवार पछिल्लो दुई दशकदेखि थाइल्यान्डको सैन्य समर्थक र शाही अभिजात वर्गको प्रमुख प्रतिद्वन्द्वी रहँदै आएको छ ।

ती वर्गले सिनावात्रा परिवारको लोकप्रियतावादी राजनीति परम्परागत सामाजिक संरचनाका लागि खतरा भएको आरोप लगाउँदै आएका छन् । तर हालका वर्षहरूमा सिनावात्रा परिवारले कानूनी र राजनीतिक रूपमा कठिन चरणको सामना गर्दै आएको छ ।

७६ वर्षीया थाक्सिनले आफ्नै शासनकालमा भएका भ्रष्टाचारका मुद्दामा जेल सजाय भोगिरहेका छन् । यसले परिवारमाथि थप दबाब सिर्जना गरेको छ । फेउ थाई पार्टीले बुधबार जारी गरेको विज्ञप्तिमा पेटोङटार्नको राजीनामा औपचारिक रूपमा स्वीकृत गरेको उल्लेख छ ।

विज्ञप्तिमा उनले भनेकी छिन्, “मेरो राजीनामाले पार्टीलाई पूर्ण रूपमा सुधार गर्न मद्दत गर्नेछ र अन्ततः हामी पुनः चुनाव जित्न सक्षम हुनेछौँ ।” उनले पार्टीको साधारण सदस्यका रूपमा रहँदै ‘हाम्रो थाइल्यान्डका लागि निरन्तर कडा परिश्रम गर्ने’ प्रतिबद्धता व्यक्त गरेकी छिन् । थाक्सिनले सन् १९९० को दशकको उत्तरार्धमा फेउ थाईको पहिलो रूप थाइ राख थाइ पार्टी स्थापना गरेका थिए ।

उनलाई सन् २००६ को सैनिक विद्रोहमा पदच्युत गरिएपछि एक दशकभन्दा बढी समय निर्वासनमा बस्नुपरेको थियो । पेटोङटार्न आफ्ना पिता थाक्सिन र काकी यिङलक सिनावात्रापछि प्रधानमन्त्री बन्ने तेस्री सिनावात्रा हुन् । उनी हाल पनि सक्रिय रूपमा राजनीतिमा संलग्न परिवारकी अन्तिम सदस्य मानिन्छन् । राजनीति विश्लेषकहरूको भनाइमा उनको राजीनामाले थाइल्यान्डको राजनीतिमा सिनावात्रा परिवारको प्रभाव क्रमशः क्षीण हुँदै गएको सङ्केत गर्छ ।

तथापि, कतिपयले भने अझै पनि फेउ थाई पार्टीको पछाडि परिवारको प्रभाव कायम रहेको विश्वास गर्छन् । “फेउ थाईको नेतृत्व जोसुकैले गरे पनि यसको वास्तविक नियन्त्रण सधैँ ब्याकरूममा सिनावात्रा परिवारकै हातमा रहनेछ”, सुखोथाई थम्माथिरत ओपन युनिभर्सिटीका राजनीति विज्ञ युटापोर्न इसाराचाईले भने ।

उनका अनुसार अदालतले पेटोङटार्नलाई पदबाट हटाएपछि पार्टीलाई कानूनी जोखिमबाट जोगाउनकै लागि उनको राजीनामा मुख्य रूपमा आवश्यक भएको हो ।

प्रकाशित मिति : ५ कार्तिक २०८२, बुधबार  ४ : ४८ बजे

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्

भोटेकोशी हिमबाढी : १५५ नेपाली स्वदेश फर्किए, ५ हजार अझै बेपत्ता

काठमाडाैं – भदौ १० गते नेपाल–चीन सीमावर्ती क्षेत्रमा आएको भोटेकोशी

युक्रेनविरूद्धको आक्रमण तीन दिनसम्म रोक्न राष्ट्रपति पुटिनको निर्देशन

किएभ – रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी तीन दिनसम्म किएभमाथि

टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो

काठमाडौं – रसुवाको टिमुरेस्थित नेपाल–चीन सीमा नाकामा नेपालको राष्ट्रिय झण्डा

बाढी प्रभावित ज्येष्ठ नागरिकलाई प्रधानमन्त्रीको आश्वासन : ‘हजुरहरू एक्लो हुनुहुन्न, सरकार तपाईंको साथमा छ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित ज्येष्ठ नागरिकलाई आफूहरू