आइसल्यान्डमा पनि भेटियो लामखुट्टे « Khabarhub

आइसल्यान्डमा पनि भेटियो लामखुट्टे


५ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आइसल्यान्डमा पहिलोपटक तीनवटा लामखुट्टे फेला परेका छन्। वैज्ञानिकले यसै साता यसबारे जानकारी दिएका छन्। हालसम्म एन्टार्कटिका र आइसल्यान्डलाई त्यस्तो ठाउँ मानिन्थ्यो, जहाँ लामखुट्टे पाइँदैनथ्यो।

यसबारे ब्योर्न हजल्टसन नामका एक व्यक्तिले सबैभन्दा पहिले मिडियालाई जानकारी दिएका थिए। उनले अक्टोबर १६ को साँझ एक ‘अनौठो’ किरा देखे। उनले तुरुन्तै त्यसलाई समाते र किराविज्ञ मथियास अल्फ्रेडसनलाई बोलाएका थिए।

भोलिपल्ट त्यो कुलिसेटा एनुलाटा प्रजातिको लामखुट्टे भएको पुष्टि भएको बीबीसीले जनाएको छ।

लामखुट्टे यहाँ स्थायी रूपमा बस्न थालेमा यसले देशको प्राकृतिक सन्तुलन र मानिसको स्वास्थ्यमा असर पार्न सक्ने विज्ञले बताएका छन्।

वैज्ञानिकले यी लामखुट्टे कहाँबाट आएका हुन् भन्नेबारे अनुसन्धान गरिरहेका छन्।

लामखुट्टे पानीजहाज वा विमानमार्फत आइपुगेका हुन् वा तातो हुँदै गएको मौसमले उनीहरूलाई यहाँ टिक्न सहयोग गर्‍यो भन्ने अध्ययन भइरहेको छ।

आइसल्यान्डमा यसअघि कहिल्यै जंगली लामखुट्टे देखिएको थिएन। एकपटक विमानमा एउटा लामखुट्टे भेटिएको थियो, तर प्राकृतिक वातावरणमा यसपटक पहिलो घटना हो।

वैज्ञानिकलाई यी लामखुट्टे जहाज वा सामानका साथ आएका हुन सक्ने आशंका छ। यी लामखुट्टे चिसो मौसममा पनि बाँच्न सक्छन्, किनकि तिनीहरू जाडोमा लुकेर बस्ने क्षमता राख्छन्।

प्रकाशित मिति : ५ कार्तिक २०८२, बुधबार  ९ : ०१ बजे

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान