जेनजीसँगको वार्तापछि सामान्य बन्दै सिमरा क्षेत्र (तस्बिरहरू) « Khabarhub

जेनजीसँगको वार्तापछि सामान्य बन्दै सिमरा क्षेत्र (तस्बिरहरू)


६ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

बारा– बाराको सिमरामा जेनजी युवा र नेकपा एमालेका नेता तथा कार्यकर्ताहरूबीच बुधबार भएको झडप पश्चात अशान्त बनेको सो क्षेत्र सामान्य बन्दै गएको छ ।

बुधबार र बिहीबार सडक अवरोध गरी विरोध प्रदर्शन गरेका जेनजी युवा र जिल्ला सुरक्षा समिति बाराबीच शुक्रबार साँझ भएको वार्तासँगै अवस्था सामान्य बन्दै गएको हो ।

बुधबार एमाले महासचिव शङ्कर पोखरेल र नेता महेश बस्नेत काठमाडौंबाट बारा जाने कार्यक्रम रहेपछि सिमरामा जेनजी समूहले प्रदर्शन गरेका थिए । सो क्रममा जेनजी र एमालेका कार्यकर्ताबीच झडप भएको थियो ।

वार्तामा जेन जी युवाहरूले विभिन्न ६ बुँदे माग राखेका छन् । सो घटनामा संलग्न योजनाकारलाई पक्राउ गरी कानूनी कारबाही गर्नुपर्ने, जेनजी घाइतेलाई निःशुल्क उपचार गर्नु पर्ने, तत्कालीन जिल्ला प्रहरी प्रमुख लगायतलाई कारबाही गरिनु पर्ने उनीहरूको माग छ ।

सो विषयमा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र लगायत अन्य सुरक्षा निकाय र जेनजी समूहको सहमति भएसँगै सोमबार सम्मका लागि आन्दोलनका सम्पूर्ण कार्यक्रमहरू स्थगन गरिएको छ ।

आन्दोलनका कार्यक्रमहरू फिर्ता लिएसँगै शनिबार बिहानैबाट बाराको सिमरा क्षेत्रको अवस्था सामान्य बन्दै गएको हो । स्थानीयहरू बिहानैदेखि आफ्नो काममा व्यस्त देखिएका छन् ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : ६ मंसिर २०८२, शनिबार  १० : ०८ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले