सागसब्जीमा विषादी न्यूनीकरणका लागि सचेतना अभियान « Khabarhub

सागसब्जीमा विषादी न्यूनीकरणका लागि सचेतना अभियान


६ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– व्यावसायिक रूपमा उत्पादन हुने सागसब्जीमा विषादीको मात्रा देखिएपछि कृषि विकास कार्यालय नवलपुरले कृषकहरूलाई विषादी न्यूनीकरणसम्बन्धी सचेतना अभियान थालेको छ ।

कृषि विकास कार्यालय, विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ कावासोती र स्थानीय तहको संयुक्त पहलमा व्यावसायिक रूपमा सागसब्जी उत्पादन गर्ने किसानलाई विषादी प्रयोगसम्बन्धी सचेतना प्रदान गर्ने उद्देश्यले अभियान थालिएको कृषि विकास कार्यालय नवलपुरका प्रमुख कुलप्रसाद तिवारीले बताए ।

किसानको बारीसम्ममै पुगेर विषादीको प्रयोगसम्बन्धी सचेतना प्रदान गर्न सुरु गरिएको उनको भनाइ छ ।

नवलपुरको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालामा केही दिनअघि काउलीमा ‘अर्गानोफस्फेट’ विषादीको मात्रा ९८ प्रतिशत भेटिएको थियो ।

कावासोती कृषि थोक बजार केन्द्रमा बिक्रीका लागि ल्याइएका सागसब्जीमा लगातार रूपमा विषादीको मात्रा भेटिएपछि विषादी प्रयोग न्यूनीकरणका लागि संयुक्त पहल थालिएको हो ।

सागसब्जी उत्पादक किसानसहित विषादी बेच्ने एग्रोभेटका सञ्चालकहरूलाई समेत विषादीको प्रयोगका विषयमा सचेत गराउने उद्देश्यले अहिले कामहरू गरिएको उनले बताए ।

किसानहरूलाई सही रूपमा विषादीको प्रयोग गर्न सिकाउन, जथाभावी विषादी प्रयोगले मानव स्वास्थ्य र कृषि पर्यावरणीय प्रणालीमा पर्ने असरहरूको बारेमा जानकारी दिनका लागि संयुक्त अभियान चलाइएको देवचुली नगरपालिका कृषि विकास शाखाका प्रमुख गगन भट्टराईले जानकारी दिए ।

उक्त क्रममा किसानहरूले प्रयोग गर्दै आएका विभिन्न विषादी, तिनीहरूको उचित प्रयोग समय, मात्रा र मानव जीवनमा पर्ने प्रभावबारे विस्तृत जानकारी प्रदान गर्ने गरिएको छ ।

किसानलाई बालीमा प्रयोग हुने विषादीको प्रकार, उचित मात्रा, प्रयोगको समय र मानव स्वास्थ्यमा पर्ने सम्भावित असरबारे जानकारी गराउने गरिएको छ ।

साथै, विषादी प्रयोग गरेको बालीमा विषादीको असर हुने समयको जानकारी गराउँदै विषादी प्रयोग गर्दा व्यक्तिगत सुरक्षा उपकरणको प्रयोग र विषादीको सही भण्डारण तथा नष्ट गर्ने उपायबारे पनि कृषकहरूलाई सिकाउने गरिएको कृषि विकास कार्यालय नवलपुर प्रमुख तिवारीले बताए ।

किसानले विषादीको सही रूपमा प्रयोग नगरेको, बढी मात्रामा विषादीको प्रयोग र कडा खालका विषादी प्रयोग गर्दा सागसब्जीमा विषादीको अवशेष भेटिने गरेको उनको भनाइ छ ।

किसानलाई विषादीको सही प्रयोग सिकाए मात्र पनि सागसब्जीमा विषादीको मात्रा घट्ने र मानव स्वास्थ्य जोगाउन सहयोग पुग्ने कृषि विकास कार्यालयका प्रमुख तिवारीले बताए । विषादी प्रयोग पछि विषादीको प्रकार हेरेर कति दिन टिप्न नहुने भन्ने समेत रहने हुँदा यो विषय ख्याल गरे मात्र पनि बजारका सागसब्जीमा विषादीको मात्रा घट्ने उनको भनाइ छ ।

संयुक्त पहलमा थालिएको अभियानपछि कृषकले सागसब्जीमा विषादीको मात्रा घटाउँदै गएकाले उपलब्धि राम्रो भएको उनले बताए ।

प्रकाशित मिति : ६ मंसिर २०८२, शनिबार  ९ : ३९ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको