आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल « Khabarhub

आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल


६ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल मंसिर ६ गते शनिबार। मंसिर शुक्ल पक्षको द्वितिया तिथि। तदनुसार सन् २०२५ नोभेम्बर २२ तारिख।  नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्यो. प. सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश :

मेष : दिन राम्रो छ । आज सुरुवात गरेको काम दीर्घकालसम्म रहनेछन् । प्राविधिक शिक्षामा प्रगति हुनेछ । निजी क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारमा शान्ति मिल्नेछ ।

वृष : दिन राम्रो छ । राजनीतिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । राजनीतिक संगठनमा अगाडि नबढ्नु राम्रो हुनेछ । परिवारसँगको सम्बन्ध सहज बन्नेछ ।

मिथुन : दिन सहज छ । धनलक्ष्मी योग परेको छ । सम्पत्तिको सदुपयोग गर्नुपर्ने समय छ । गुम्न लागेको सम्पत्ति हात लाग्नेछ । अपरिचित साथीले तपाईंको प्रशंसा गर्नेछन् । शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ ।

कर्कट : अचानक धन खर्च हुनसक्छ । साथीको सहयोग र सल्लाहमा अगाडि बढेमा फाइदा हुनेछ । तपाईंको प्रतिभा प्रदर्शन गर्ने समय छ । काम गर्ने हिम्मत गर्नुपर्नेछ ।

सिंह : सोचेका काम पूरा हुनेछन् । कानूनी लडाइँमा भए तपाईंको पक्षमा निर्णय हुनेछ । शिक्षामा जाँगर बढ्नेछ । लगानी गरेको भए शिक्षाको क्षेत्रमा फाइदा हुनेछ । धार्मिक क्षेत्रमा सहभागी भएर दिनको सुरुवात गरेमा नाफा हुनेछ ।

कन्या : दिन सामान्य छ । परिवारमा विवाद हुनेछ । निजी क्षेत्रमा गरेको लगानीबाट घाटा हुनेछ । राज्यका तर्फबाट भयको जोखिम छ । सल्लाह लिएर गरेको कामबाट मात्र फाइदा हुनेछ ।

तुला : समय राम्रो छ । बौद्धिक क्षेत्रमा नाम र दाम दुवै रहनेछ । बिहान उठेर पिपलको दर्शन गरेर दिनको सुरुवात गर्दा फाइदा हुनेछ । रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुनेछ । परिवारमा सुख र शान्ति मिल्नेछ ।

वृश्चिक : दिन राम्रो छ । साथीसँगको भेटले मन शान्त बन्नेछ । बौद्धिक मानिससँगको भेटले काम गर्ने उत्साह बढ्नेछ । परिवारको झन्झटले मन अशान्त हुनसक्छ । धार्मिक अभियान्तसँगको भेटले मन शान्त हुनेछ ।

धनु : दिन राम्रो छ । ठुला मानिससँग भेट हुनेछ । बोल्ने कलाको विकास हुनेछ । विपक्षी साथीसँगको प्रतिस्पर्धामा तपाईं अगाडि बढ्नु हुनेछ । परिवारले तपाईंमाथि विश्वास गर्नेछ । राज्यको सेवामा भए बढुवा हुनेछ।

मकर : लगानी गर्ने कुरामा सचेत बन्नुपर्नेछ । सञ्चित धन खर्च हुनेछ । परिवारको सल्लाह लिएर अगाडि बढेमा दिन सहज बन्नेछ । शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ । परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ ।

कुम्भ : धार्मिक अभियान्तासँगको भेटले मन शान्त बन्नेछ । बिहान उठेर पिपलको दर्शन गरेमा दिन सहज बन्नेछ । परिवारसँग बसेर रमाउने समय आएको छ । काम गर्दा भने सचेत बन्नु उचित हुन्छ ।

मीन : दिन सामान्य छ । साथीसँग बोल्दा सचेत बन्नुपर्नेछ । काम गर्नु अगाडि योजना सार्वजनिक नगर्नु राम्रो हुनेछ । लगानीका क्षेत्रमा जोखिम छ । संकटमा परिवारको भने साथ मिल्नेछ ।

प्रकाशित मिति : ६ मंसिर २०८२, शनिबार  ५ : ५१ बजे

अस्पतालको गेटमै बच्चा जन्माउन बाध्य भइन् बबिता, सांसदहरूले भने : पैसा नहुने गरिबले यो देशमा उपचार नपाउने हो ?

राजविराज- सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको मूल गेटबाहिर एक महिलाले

जलवायु असर अन्तर्राष्ट्रिय मञ्चमा उठाउन सरकारलाई सुझाव

काठमाडौं– कृषि तथा प्राकृतिक स्रोत समितिले हिमाली तथा उच्च जोखिमयुक्त

उद्योगमन्त्री गौरी कुमारीले दिइन् राजीनामा

काठमाडौं- उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले राजीनामा बुझाएकी

प्रदेश प्रमुखसमक्ष लोक सेवा आयोगको प्रतिवेदन पेश

गण्डकी– गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष प्रदेश लोक सेवा

युद्धविरोधी रुसी नागरिकलाई पुटिनको दलविरुद्ध मतदान गर्न याशिनको आह्वान

हेलसिन्की- निर्वासित रुसी विपक्षी नेता इल्या याशिनले आगामी विधायी निर्वाचनमा राष्ट्रपति