देशलाई छिटै संवैधानिक बाटोमा फर्काउँछौँ : ओली « Khabarhub

देशलाई छिटै संवैधानिक बाटोमा फर्काउँछौँ : ओली


६ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई छिटै संवैधानिक बाटोमा फर्काईने बताएका छन् ।

नेकपा एमाले बागमती प्रदेश कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको जनप्रदर्शन र सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले असंवैधानिक ढंगले सत्ताकब्जा र संसद् विघटन गर्ने काम भएको भन्दै देशलाई संवैधानिक बाटोमा फर्काईने बताएका हुन । 

अराजकताको राज धेरै लामो समय नटिक्ने भन्दै ओलीले अहिलेको अवस्थालाई एमालेले छिटै अन्त्य गर्ने जिकिर गरे । उनले असंवैधानिक तवरले विघटन गरिएको प्रतिनिधिसभा अविलम्व पुनस्थापना हुनुपर्नेमा जोड दिए । उनले वर्तमान सरकार संविधान र लोकतान्त्रिक विधि मिचेर र असंवैधानिक तवरले गठन भएको उल्लेख गर्दै सरकारले नै देशमा अराजकता, हिंसा र लुटपाटलाई प्रश्रय दिएको आरोप लगाए । जेन-जीका नाममा आफैले केही व्यक्ति बोलाएर, तालिम दिएर सुशासनका नाममा घृणा फैलाउने काम भइरहेको उनले बताए ।

अध्यक्ष ओलीले बारामा नियोजित रुपमा एमालेको कार्यक्रम असफल बनाउने काम भएको भन्दै एमालेलाई निषेध गर्ने क्रम जारी रहे सह्य नहुने चेतावनी दिए । फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन सरकारको नाटक मात्रै भएकाले निर्वाचन हुन्छ भनेर भ्रम पाल्न नहुने उनले बताए । उनले दुर्गा प्रसाईंले सार्वजनिक गरेको भिडियोको यथार्थका बारेमा प्रधानमन्त्रीले जनतालाई जानकारी गराउनुपर्ने भन्दै प्रसाईंलाई गिरफ्तार गरेर यथार्थबाट भाग्न नमिल्ने उल्लेख गरे ।

एमाले देशको सबैभन्दा लोकप्रिय र देशभक्त पार्टी भएको भन्दै उनले कसैको धम्की वा घेराबन्दीबाट नडराउने स्पष्ट पारे । एमालेले प्रतिगामी षड्यन्त्रविरुद्ध सुरु गरेको जनपरिचालन कार्यक्रम अन्तरगत शनिबार काठमाडौंमा जनसभाको आयोजना गरेको हो । 

प्रकाशित मिति : ६ मंसिर २०८२, शनिबार  ४ : ५६ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको

म्याग्दीको रत्नेचौर–भकुण्डे सडक : कालोपत्र गरिएको सडकमा खाल्डैखाल्डा

म्याग्दी– बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक योजना निर्माण पुरा नहुँदै कालोपत्र

सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्सबीच सहकार्य

काठमाडौं– यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि तथा सेवाको पहुँच

राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले कर्मचारी सुरक्षण कोषमा रहेको एक अर्ब