म्याग्दीमा दुई हजार दुई सय ३७ जना मतदाता थपिए « Khabarhub

म्याग्दीमा दुई हजार दुई सय ३७ जना मतदाता थपिए


६ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीमा दुई हजार २३७ जना नयाँ मतदाता थपिएका छन् । आगामी फागुन २१ गते घोषणा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले गत असोज १० गतेदेखि शुक्रबारसम्म मतदाता नामावली दर्ता गर्ने व्यवस्था मिलाएको थियो । 

उक्त अवधिमा दुई हजार २३७ जना नयाँ मतदाता थपिएका जिल्ला निर्वाचन कार्यालयका प्रमुख विमलप्रसाद गौतमले जानकारी दिए ।

‘आठ सय १९ जनाले कार्यालयमा आएर नाम दर्ता गराएका हुन’, उनले भने, ‘राष्ट्रिय परिचयपत्रमार्फत एक हजार ४१८ जना थपिएका छन् ।’ उनका अनुसार ८२ जनाले मतदाता नामावलीमा भएको त्रुटि सच्चाएका छन् भने १९० जनाको ठाउँसारी गरिएको छ ।

जिल्ला निर्वाचन अधिकारी गौतमले गत असोज ८ गते निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार प्रतिनिधिसभाको एउटा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा ८४ हजार ५२० जना मतदाता थिए । 

नयाँ दर्ता गरेका नामावलीको रुजु गरी दोहोरो परेकाहरूको नाम हटाएपछि कूल मतदाता सङ्ख्या यकिन हुने निर्वाचन कार्यालयले जनाएको छ । नाम दर्ता गराउनेमा युवायुवती र वैदेशिक रोजगारीबाट फर्किएकाहरू बढी रहेका उनले जानकारी दिए। 

मालिका गाउँपालिका–४ का साजन पुनले मतदान गर्न मतदाता परिचयपत्र आवश्यक पर्ने भएकाले नामावली दर्ता गरेको बताए। पहिलो पटक मतदान गर्न लागेका २१ वर्षीय पुनले देशमा विद्यमान समस्या समाधान र युवाहरूको भावनाको सम्बोधन गर्ने उम्मेद्वार छनोट गर्ने धारणा राखे ।  

निर्वाचनका लागि जिल्लामा ८२ मतदानस्थल सिफारिस गरिएको छ । छ वटा स्थानीय तह रहेको म्याग्दीमा ४५ वटा वडा छन् । 

प्रकाशित मिति : ६ मंसिर २०८२, शनिबार  ६ : ०२ बजे

रविलाई पछ्याउँदै वालेन्द्र : मधेशवादी दलका नेतालाई सिंहदरबारमा बोलाएर थाले संवाद

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले मधेशबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका

धनुषाको मन्दिर परिसरमा भेटिएको शव पुजारीको नभएको पुष्टि

काठमाडौं– धनुषा सबैला नगरपालिका–१२ स्थित मन्दिर परिसरमा मृत अवस्थामा फेला परेको

ब्रोड पिक हिमपहिरो : चारवटा शव भेटिए, नेपालीसहित बेपत्ता आरोहीको खोजी जारी

काठमाडौं- पाकिस्तानको काराकोरम हिमशृङ्खलास्थित ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमाल

कुवेतमा ड्रोन आक्रमणमा मारिने नेपाली तेह्रथुमका सोमकुमार तमाङ

काठमाडौं- कुवेतको उत्तरी क्षेत्रमा जुलाई ३० मा भएको ड्रोन आक्रमणमा

सिरहाको अवस्था सामान्य बन्दै, गोलबजार-लहान क्षेत्रमा कर्फ्यु अझै जारी (तस्बिरहरू)

काठमाडौं– सिरहाको गोलबजार क्षेत्रको अवस्था शुक्रवार बिहानदेखि अवस्था सामान्य बन्दै