जनमत पार्टी कोशीका अध्यक्ष न्यौपानेले दिए राजीनामा « Khabarhub

जनमत पार्टी कोशीका अध्यक्ष न्यौपानेले दिए राजीनामा


६ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनमत पार्टी कोशी प्रदेश अध्यक्ष बुद्धिराज न्यौपानेले पदबाट राजीनामा दिएका छन्। 

पार्टी अध्यक्ष डा. सिके राउतको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उनले पार्टीको साधारण सदस्य समेत नरहनेगरी राजीनामा दिएका हुन् ।

न्यौपानेका अनुसार नेपालको संविधान, राष्ट्रिय अखण्डता, राष्ट्रिय झण्डाप्रति सम्मान नहुने किसिमका अभिव्यक्तिले आफूलाई गम्भीर असहज भएको भन्दै पार्टीमा बसिराख्न नैतिक र वैचारिक आधार नरहेको निष्कर्ष निकालेका छन्। यस्ता अभिव्यक्तिले पार्टीप्रतिको आफ्नो विश्वास कमजोर भएको उल्लेख गरेका छन्।

न्यौपानेले आफू सधैं नेपाली पहिचान र राष्ट्रिय अखण्डताप्रति निष्ठावान् रहेको बताएका छन्। उनका अनुसार पार्टी नेतृत्वबाट नै राष्ट्रिय एकतामाथि प्रश्न उठ्ने परिस्थितिमा जनमत पार्टीमा निरन्तरता दिन सम्भव नभएको बताए ।

प्रकाशित मिति : ६ मंसिर २०८२, शनिबार  ७ : २६ बजे

रविलाई पार्टी कार्यालयमा स्वागत, घण्टी बजाएर गरे सम्बोधन (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय

केपी ओलीलाई रविको चुनौती : पार्टीमा जस्तै संसदीय चुनाव पनि जितेर देखाउनू

काठमाडौं- राष्ट्रिय स्वन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली कांग्रेर र

‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत ‘जब फर्किन्छ घर’ सार्वजनिक

काठमाडौं – गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत

भोजपुरको पाँचधारेमा बौद्धस्तूप निर्माण

भोजपुर– टेम्केमैयुङ गाउँपालिका-९ पाँचधारेमा पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले

भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध

भक्तपुर– भक्तपुरमा पछिल्लो एक महिनामा १४ वटा जघन्य अपराधका घटना घटेका