दुहबीको जुट मिलमा आगलागी « Khabarhub

दुहबीको जुट मिलमा आगलागी


६ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

धरान – सुनसरीको दुहबी नगरपालिका–८ सोनापुरस्थित जुट मिलमा आगलागी भएको छ । राजकुमार गोल्छाले सञ्चालन गर्दै आउनुभएको उक्त जुट मिलमा आज दिउँसो करिब ४ः३५ बजे लागेको आगो अहिलेसम्म नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चन्द्र खड्काले जानकारी दिए ।

उनले भने, “धागो भएकाले सजिलै सल्किने सामग्री अधिक मात्रामा रहेकाले आगो भित्री भागबाट तीव्र रूपमा फैलिएको छ, जसले नियन्त्रणमा कठिनाइ भएको हो ।” आगलागीबाट भएको क्षतिको विवरण हाल अनुमान गर्न नसकिने उनको भनाइ छ ।

आगो नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीका करिब १५–२० जना प्रहरीका साथै विराटनगर, दुहबी, देवाङ्गञ्ज, रामधुनी, सुन्दरहरैचा, बराहक्षेत्र र धरानबाट गरी आठवटा दमकल परिचालन गरिएको प्रवक्ता खड्काले जानकारी दिए । उनका अनुसार दमकल तथा सुरक्षाकर्मीको संयुक्त प्रयासमा आगो नियन्त्रण कार्य अहिलेसम्म जारी रहेको छ ।

आगलागी कसरी भयो भन्ने पत्ता लाग्न नसकेको उनले बताए। विद्युत् सर्ट भएर आगो लागेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको जनाउँदै उनले आगो पूर्ण रूपमा नियन्त्रणमा आएपछि विस्तृत विवरण सङ्कलन गरिने उल्लेख गरे ।

प्रकाशित मिति : ६ मंसिर २०८२, शनिबार  ८ : ३४ बजे

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा