निर्वाचनको तयारी : राजनीतिक दल र नागरिक प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री कार्की « Khabarhub

निर्वाचनको तयारी : राजनीतिक दल र नागरिक प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री कार्की


७ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीका विषयमा प्रधानमन्त्री सुशीला कार्कीले सोमबार राजनीतिक दल र नागरिक प्रतिनिधिसँग छलफल गर्दैछन्।

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार सोमबार दिउँसो १ बजे गृह मन्त्रालयमा हुने छलफलमा निर्वाचन तयारीको विषयमा निर्वाचन आयोगको प्रस्तुतिकरणसमेत रहेनछ।

बैठकमा प्रधानमन्त्री सुशीला कार्की र प्रमुख राजनीतिक दलका प्रतिनिधिसँगै निर्वाचन आयोगका पदाधिकारी सहभागी हुनेछन् । निर्वाचनको विषयमा प्रमुख दलले आशंका व्यक्त गरेपछि सरकारले छलफलका लागि बोलाएको हो । छलफलमा आयोगका पदाधिकारीले निर्वाचनको तयारीको विषयमा जानकारी गराउने छन् ।

सरकारले फागुन २१ गतेका लागि तोकेको चुनावका विषयमा नेकपा एमालेले प्रश्न गर्दै आएको छ । पछिल्ला दिनमा जेनजीको केही समूहलेसमेत निर्वाचन हुन नदिने भन्दै आन्दोलनको घोषणा गरेपछि सरकारले प्रमुख दलसँग छलफल गर्न लागेको हो ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार निर्वाचन कार्यतालिकाको विषयमा गम्भीर छलफल हुनेछ ।

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  १० : २६ बजे

शैक्षिक हडताल, उपत्यका स्कुलहरू बन्द (तस्बिरहरू)

काठमाडौं– नामै नसुनेका जनपक्षीय विद्यार्थी युनियन, नेपालले काठमाडौं उपत्यकामा शैक्षिक

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं– जेन-जी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र कार्यपालिकाको निर्णय

जुम्लामा ठूली भैली सुरु

जुम्ला– कर्णालीको मौलिक पर्व संरक्षण गर्ने उद्देश्यले जुम्लामा ठूली भैली

मनमोहक तनहुँको ‘दुबुङ गाउँ’

तनहुँ–  विगतमा पुरानो क्षेत्र तनहुँको ऋषिङको विकट क्षेत्रको रुपमा परिचित

मेचीनगरका माध्यमिक विद्यालयमा लैङ्गिक हिंसाविरुद्ध अभियान

झापा– लैङ्गिक हिंसा रोकथामका लागि मेचीनगर नगरपालिकाले दश वटा माध्यमिक