जुम्लामा ठूली भैली सुरु « Khabarhub

जुम्लामा ठूली भैली सुरु


७ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

जुम्ला– कर्णालीको मौलिक पर्व संरक्षण गर्ने उद्देश्यले जुम्लामा ठूली भैली खेल्न सुरु गरिएको छ ।

पछिल्ला वर्षमा भैली खेल्ने चलन हराउँदै गएको उल्लेख गर्दै स्थानीयले परम्परालाई निरन्तरता दिन भैली खेल्न सुरु गरेको तिला गाउँपालिका– १ का स्थानीय शेरबहादुर रावतले जानकारी दिए ।

पुसको प्रतिपदाका दिनदेखि खेलिने ठूली भैली जुम्लासहित कर्णालीका पाँच वटा जिल्लामा खेलिनेछ । पहिले मन मिल्ने बूढापाका, बालबालिका, युवकयुवतीका समूह बनाएर चार पाँच दिन खेलिने सो भैली खेल्ने चलन अहिले विस्तारै कम हुन थालेको स्थानीय हरिचन्द्र बुढाको भनाइ छ ।

भैलीमा साथीहरू मिलेर नयाँ पहिरनमा सजिएर आफन्तजनका घरमा गएर भैलो खेल्ने चलन रहेको तिला– १ का स्थानीय कर्ण रावतले बताए ।

बाह्रौँ शताब्दीतिर जुम्लाका राजा बलिराजाको पालादेखि सुरु भएको यो भैली हिउँद याममा खेलिन्छ । 

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  १२ : ०४ बजे

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण