कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई « Khabarhub

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई


७ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्न लागिएको जानकारी दिएका छन् । 

सोमबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै राईले यसअघि भएको सहमति अनुसार नै कोशी प्रदेशको मन्त्रिमण्डल पुनर्गठन हुने बताएका हुन् ।

उनले कांग्रेस र एमालेबीच भएको सहमति अनुसार नेतृत्व भने तोकिएको समयमा परिवर्तन हुने जिकिर गरे । राईले वर्तमान सरकार निर्वाचन गराउने भन्दा पनि राजनैतिक दलहरुबीच द्वन्द्व बढाउन लागिपरेको बताउँदै निर्वाचन हुने अवस्था आए आफूहरू निर्वाचनका लागि तयार रहेको बताए ।

उनले संविधानलाई लिकमा ल्याउनका लागि संसद् पुनर्स्थापना, र्सवपक्षिय सरकार, संविधान संशोधन र त्यसपछि निर्वाचन गर्नुपर्ने जिकिर गरे ।

सचिव राईले एघारौँ महाधिवेशनको क्रममा स्पष्ट दुई प्यानलमा नेतृत्वका लागि निर्वाचन भएको भए पनि पार्टी एक ढिक्का रहेको बताए । उनले हारेकाहरूको सम्मान र जित्नेहरूलाई सहयोग गर्ने गरी पार्टी जिम्मेवारी दिने जानकारी दिए ।

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  १ : ४६ बजे

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक