‘जलाइएका संरचना टुलुटुलु हेर्दै गाउँ जान सकिँदैन, फागुन २१ मा निर्वाचन हुँदैन’ « Khabarhub

‘जलाइएका संरचना टुलुटुलु हेर्दै गाउँ जान सकिँदैन, फागुन २१ मा निर्वाचन हुँदैन’


७ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आगामी फागुन २१ गते तय प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीबारे गम्भीर प्रश्न उठाउँदै नेकपा एमालेका सचिव महेश बस्नेतले अहिलेको अवस्थामा निर्वाचन सम्भव नदेखिएको बताएका छन्।

निर्वाचन कानुन र व्यवस्थापनसम्बन्धी प्रधानमन्त्री सुशीला कार्कीले सिंहदरबारमा आयोजना गरेको छलफलमा बोल्दै बस्नेतले बैठक चलिरहेका बेला नै माइतीघर मण्डलमा जेन–जीको आन्दोलन भइरहेको उल्लेख गरे। ‘यही बेला आन्दोलन भइरहेको छ भने देशभरको अवस्था कस्तो छ, सहजै अनुमान गर्न सकिन्छ,’ उनले भने।

उनले गत भदौ २३ गते घाइते भएकाहरूले अझै उपचार नपाएको र भदौ २४ गते विध्वंश गरिएका सरकारी तथा निजी संरचनाको पुनर्निर्माणको अवस्था अन्योलमै रहेको बताए। ‘जलेका संरचना टुलुटुलु हेर्दै हामी चुनावमा जाने हो?’ उनले प्रश्न गरे।

आफ्नै अनुभव सुनाउँदै बस्नेतले आफ्नो घरसमेत जलाइएकाले अहिले भाडाको घरमा बस्नुपरेको बताए। ‘म मेरो जलेको घर हेर्दै निर्वाचन प्रचारमा जानुपर्ने हो? राज्यका संरचना जलेको हेरेर चुनाव सम्भव छ?’ उनले भने।

लुटिएका हतियार र भागेका कैदीबारे सरकार गम्भीर नदेखिएको आरोप पनि उनले लगाए। ‘हथियार कता छन्, कैदी कता छन्? खोजी गर्नु सरकारको दायित्व होइन र?’ उनको प्रश्न थियो।

बस्नेतले एमालेले भदौ २७ गते विघटन गरिएको संसद् पुनर्स्थापनाको माग गर्दै आएको स्मरण गराए। ‘सर्वोच्च अदालतमा हामी यो सरकार असंवैधानिक हो भनिरहेका छौँ। यस्तो अवस्थामा अन्य दलले पनि फागुन २१ मा चुनाव हुँदैन भनिरहेका छन्,’ उनले भने।

छलफलकै क्रममा नेपाली कांग्रेसका सह-महामन्त्री महेन्द्र यादवले समेत शान्ति सुरक्षाबारे सरकारबाट स्पष्ट कुरा आउनुपर्ने बताएको उल्लेख गर्दै बस्नेतले दलका नेतामाथि अझै पनि स्थान हद कायम रहेको बताए। ‘म आफैँ ५–७ जिल्लामा जाँदा ढुंगा खाएर फर्किएको छु। यस्तो अवस्थामा कसरी निर्वाचन हुन्छ?’ उनले भने।

उनका अनुसार एमालेको निष्कर्ष स्पष्ट छ। ‘हामीलाई लाग्छ, फागुन २१ गते चुनाव हुँदैन।’ यदि ६ महिनाभित्र निर्वाचन नभए संसद् पुनर्स्थापना हुने उनको दाबी छ।

सरकारले असंवैधानिक बाटोबाट अध्यादेश ल्याइरहेको आरोप लगाउँदै बस्नेतले भने, ‘यसरी अध्यादेश ल्याएर कसरी निष्पक्ष र विश्वसनीय निर्वाचन सम्भव हुन्छ?’

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  ४ : ०३ बजे

महाधिवेशन स्थगित गरेर देउवासहित अग्रजसँग संवाद गर्न गगनलाई पूर्णबहादुरको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी सभापति गगन थापालाई

बराहक्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा पूर्वाधार निर्माण प्रदेश सरकारको प्राथमिकतामा

सुनसरी– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बराहक्षेत्रको धार्मिक तथा पर्यटन

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२-८३ मा विभिन्न

परिपक्व र सबल लोकतन्त्रका लागि संविधान संशोधन हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विगतका उपलब्धिबाट पछाडि फर्किने नभई