राँझा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन माग « Khabarhub

राँझा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन माग


७ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नागरिक समाज, राँझा–बाँकेले नेपालगन्जस्थित विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विकास एवं विस्तार गर्न सरकारको ध्यानाकर्षण गरेको छ ।

समाजका संयोजक पदम अर्यालले मुलुकको पश्चिम क्षेत्रस्थित व्यापारिक केन्द्रमा रहेको राँझा विमानस्थलमा टर्मिनल भवनलगायतका पूर्वाधार निर्माण भइसकेकाले अन्तर्राष्ट्रिय विमानस्थल बनाउन माग गरे  ।

रिपोर्टस क्लब नेपालमा आयोजित कार्यक्रममा संयोजक अर्यालले विशेषगरी नेपाल हुँदै मानसरोवर यात्रामा जाने तथा रारा, फोक्सुण्डो ताललगायत यस क्षेत्रका पर्यटकीय स्थलहरूमा घुम्न चाहने भारतीय पर्यटकलाई लक्षित गरी राँझालाई अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विकास एवं विस्तार गर्न अनुरोध गरे ।  

राँझा–बाँके समाजले यहाँस्थित विमानस्थललाई आधुनिकीकरण गरी अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा सञ्चालन गर्न माग गरेको हो । 

नेपालगञ्ज क्षेत्रका उद्योग व्यवसाय, होटल, पर्यटन, यातायातलगायतका क्षेत्रमा प्रत्यक्ष राहत पुग्ने भएकाले पहिलो चरणमा छिमेकी देश भारतका राजधानी दिल्लीसहित ठूला सहरहरूमा उडान गर्न सकिने गरी विमानस्थल विस्तार गर्न समाजले अनुरोध गरेको छ । रासस
 

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  ४ : ३५ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्