राँझा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन माग « Khabarhub

राँझा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन माग


७ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नागरिक समाज, राँझा–बाँकेले नेपालगन्जस्थित विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विकास एवं विस्तार गर्न सरकारको ध्यानाकर्षण गरेको छ ।

समाजका संयोजक पदम अर्यालले मुलुकको पश्चिम क्षेत्रस्थित व्यापारिक केन्द्रमा रहेको राँझा विमानस्थलमा टर्मिनल भवनलगायतका पूर्वाधार निर्माण भइसकेकाले अन्तर्राष्ट्रिय विमानस्थल बनाउन माग गरे  ।

रिपोर्टस क्लब नेपालमा आयोजित कार्यक्रममा संयोजक अर्यालले विशेषगरी नेपाल हुँदै मानसरोवर यात्रामा जाने तथा रारा, फोक्सुण्डो ताललगायत यस क्षेत्रका पर्यटकीय स्थलहरूमा घुम्न चाहने भारतीय पर्यटकलाई लक्षित गरी राँझालाई अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विकास एवं विस्तार गर्न अनुरोध गरे ।  

राँझा–बाँके समाजले यहाँस्थित विमानस्थललाई आधुनिकीकरण गरी अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा सञ्चालन गर्न माग गरेको हो । 

नेपालगञ्ज क्षेत्रका उद्योग व्यवसाय, होटल, पर्यटन, यातायातलगायतका क्षेत्रमा प्रत्यक्ष राहत पुग्ने भएकाले पहिलो चरणमा छिमेकी देश भारतका राजधानी दिल्लीसहित ठूला सहरहरूमा उडान गर्न सकिने गरी विमानस्थल विस्तार गर्न समाजले अनुरोध गरेको छ । रासस
 

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  ४ : ३५ बजे

बसको ठक्करबाट एक जनाको मृत्यु, दुई घाइते

जनकपुरधाम– धनुषाको धनुषाधाम–सबैला भित्री सडकखण्ड अन्तर्गत सबैला नगरपालिका ५ मखनाहामा

सागसब्जी खेतीबाट वार्षिक नौ लाख आम्दानी 

बागलुङ– बागलुङ बजारमा भाडाको जग्गामा सागसब्जी खेतीबाट यहाँका एक दम्पतीले

विधान र कानुनी शासन नै देशको भरपर्दो जग : खिलराज रेग्मी

काठमाडौं – मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले संविधान र

बाढीपहिरोबाट जलजलाका तीन सय घरपरिवार प्रभावित

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्बाट म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको

श्रीमुक्तिनाथ रथयात्रा : मेची-महाकाली जोड्ने महाअभियान कात्तिक ८ देखि

काठमाडौँ– वैदिक सनातन धर्मको जगेर्ना, आध्यात्मिक चेतनाको विस्तार र राष्ट्रिय