पाँच महिनाको आयात पौने ८ खर्ब नजिक पुग्यो, निर्यात पनि ५८ प्रतिशतले बढ्यो « Khabarhub

पाँच महिनाको आयात पौने ८ खर्ब नजिक पुग्यो, निर्यात पनि ५८ प्रतिशतले बढ्यो


७ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा नेपालमा ७ खर्ब ६६ अर्ब १८ करोड ९१ लख ९२ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको छ । जुन आयात गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.८३ प्रतिशतले धेरै हो । 

भन्सार विभागका अनुसार गत आर्थिक वर्षको सो अवधिमा नेपालमा ६ खर्ब ६१ अर्ब ४८ करोड ८५ लाख ९४ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।

त्यस्तै समीक्षा अवधिमा नेपालबाट १ खर्ब १६ अर्ब ५० करोड ९० लाख ३६ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । सो निर्यात गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५८.१७ प्रतिशतले धेरै हो । 

गत आर्थिक वर्षको सोही अवधिमा नेपालबाट जम्मा ७३ अर्ब ६५ करोड ९७ लाख ७१ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो ।

आयात र निर्यात दुवै वस्तुमा सोयाबिन अगाडि

चालु आर्थिक वर्षको पाँच महिनामा नेपालमा आयात हुने र नेपालबाट निर्यात हुने वस्तुको शीर्ष स्थानमा सोयाबिन तेलको कच्चा पदार्थ रहेको छ । 

समीक्षा अवधिमा ४६ अर्ब ९७ करोड १ लाख ४८ हजार रुपैयाँको सोयाबिन तेलको कच्चा पदार्थ आयात भएको छ भने सो अवधिमा नेपालबाट ४६ अर्ब ५५ करोड ८६ लाख ६६ हजार रुपैयाँ बराबरको सोयाबिन तेल र त्यसको कच्चापदार्थ नेपालबाट निर्यात भएको विभागले जनाएको छ ।

समीक्षा अवधिमा नेपालमा ४५ अर्ब ६० करोड ६२ लाख ११ हजार रुपैयाँको डिजेल, २७ अर्ब ३३ करोड २ लाख १४ हजार रुपैयाँ बराबरको पेट्रोल र २२ अर्ब ३९ करोड ४६ लाख ६३ हजार रुपैयाँ बराबरको खाना पकाउने एलपी ग्यास आयात भएको छ ।

त्यस्तै, समीक्षा अवधिमा नेपालबाट ५ अर्ब ५३ करोड ३२ लाख ४९ हजार रुपैयाँ बराबरको ठूलो अलैँची, कार्पेट तथा टेक्सटाइल ४ अर्ब १३ करोड ४६ लाख ६० हजार रुपैयाँ बराबरको र सुर्यमुखी तेलको दाना तथा साफलोर तेल ३ अर्ब ७३ करोड ६८ लाख २३ हजार रुपैयाँ बराबरको निर्यात भएको छ ।

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  ५ : ०३ बजे

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको

जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु

काठमाडौं– जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको

अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा

धरान– नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुन लागेको कोशी

पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल र रोमानिया पठाइदिन्छु भन्दै