रवि लामिछाने र बालेन शाहबीच भेटवार्ता « Khabarhub

रवि लामिछाने र बालेन शाहबीच भेटवार्ता


७ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


474
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ बीच भेटवार्ता भएको छ। सोमबार कमलपोखरी स्थित रास्वपाका केन्द्रीय सदस्य असिम शाहको घरमा उनीहरू भेटवार्ता भएको हो ।

भेटमा रास्वपा उपसभापति डिपी अर्याल र बालेनका सहयोगी कुमार व्यञ्जनकार पनि सहभागी भएका छन् । भेटवार्तामा चुनावी सहकार्य र एजेन्डा लगायतका विषयमा छलफल भएको छ।

पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन लगायतको टिमलाई पार्टीमा प्रवेश गराएर बहुमत ल्याउने लक्ष्य सहित अगाडि बढेको देखिन्छ। यसका लागि पार्टीले वैकल्पिक शक्तिहरूसँग निरन्तर संवाद गरिरहेको छ।

‘आजको छलफलमा चुनावी सहकार्य र नयाँ शक्तिहरूबीच कसरी मिलेर अगाडि जाने भन्ने विषयमा छलफल भएको छ’ भेटवार्ताबारे जानकारी गराउँदै स्रोतले भन्याे, ‘करिब २ घण्टा लामो संवाद भएको छ । दुवै पक्षले एकता र सहकार्यको विषयमा सकारात्मक छलफल गरेको हामीलाई सूचना छ।’

रास्वपा सभापति लामिछाने शुक्रबार मात्र नख्खु कारागारबाट धरौटीमा रिहा भएका थिए ।

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  ९ : ०२ बजे

रुख चुनाव चिन्हबाहेक अन्यथा कल्पना गर्न सक्दिनँ : पूर्णबहादुर खड्का

काठमाडौँ – नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रुख

ताप्लेजुङमा एमालेले क्षितिज थेबेलाई उम्मेदवार बनाउने

काठमाडौं – नेकपा एमालेले ताप्लेजुङमा युवा नेता क्षितिज थेबेलाई उम्मेदवार

एमाले र परिवार दलबीच चुनावी सहकार्यको सहमति

काठमाडौं – नेकपा (एमाले) र नेपाल परिवार दलबीच चुनावी सहकार्यमा

मीन विश्वकर्माको प्रस्ताव : आधा टिकटमा देउवाले हस्ताक्षर गर्नुभयो, बाँकीमा गगनले

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले शीर्ष नेताहरू घेराबन्दीबाट बाहिर

इरानमा बिस्तारै इन्टरनेट सेवा पुनः सञ्चालनमा आउँदै

पेरिस – करिब १० दिनअघि अकस्मात इन्टरनेट र अन्य सञ्चार