च्याम्पियन्स लिगमा म्युनिख तीन शून्यले पराजित « Khabarhub

च्याम्पियन्स लिगमा म्युनिख तीन शून्यले पराजित


१० माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा वायरन म्युनिख ३-० ले पराजित भएको छ। बुधबार राति भएको खेलमा फियुनार्डले म्युनिखलाई ३-० ले हराएको हो।

यो हारसँगै वायरन म्युनिखको सिधै युरोपेली च्याम्पियन्स लिगको दोस्रो चरणको प्रवेश कठिन बनेको छ।

गएराति भएको खेलमा स्यान्टियागो गिमिनेजले पहिलो हाफमा नै उत्कृष्ट गोल गर्दै फियुनार्डलाई अग्रता दिलाएका थिए।

पहिलो हाफको इन्जुरी समयको नवौँ मिनेटमा गिमिनेजले अर्को गोल गरे। उनले प्राप्त पेनाल्टी अवसरलाई गोलमा परिणत गरेका हुन्।

फियुनार्डलाई खेल जिताउने क्रममा जस्टिन बिजलाउले उत्कृष्ट प्रदर्शन गरे। उनले पहिलो हाफमा हेरी केनको प्रहारलाई सानदार ढङ्गले बचाएका थिए भने दोस्रो हाफमा जमाल मुसियलाको प्रहार बचाए। आयसा युडेसाले फियुनार्डको तेस्रो गोल गरे।

वायरन १२ अङ्कसहित १५ औँ स्थान छ। अर्को साता स्लो भान ब्राटिस्लाभासँग वायरनले प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित मिति : १० माघ २०८१, बिहीबार  ७ : ०९ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित