जाडोको समयमा खानुहोस् यी सुप | Khabarhub Khabarhub

जाडोको समयमा खानुहोस् यी सुप


१० माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिले जाडो मौसममा आफ्नो विशेष ख्याल राख्नुपर्छ ।

यो मौसममा रुघाखोकी, भाइरल ज्वरोजस्ता धेरै समस्या हुन सक्छ । खानामा भिटामिनको कमीले शरीरको प्रतिरक्षा प्रणाली कमजोर हुन सक्छ। यस्तो अवस्थामा शरीरमा कुनै पनि पोषक तत्त्वको कमी हुन दिनु हुँदैन ।

पोषणविद्का अनुसार केही मानिसहरू भिटामिनको कमीलाई हटाउन मल्टिभिटामिन सप्लिमेन्ट लिन थाल्छन्। तर मल्टि भिटामिनको कमीलाई पूर्ति गर्न, आफ्नो आहारामा केही सुप समावेश गर्न सकियो भने धेरै नै फाइदा हुनेछ ।

मकै र पालक सुप
पालक र मकैको सुपमा भिटामिन ए, सी र के प्रचुर मात्रामा पाइन्छ। यसले प्रतिरक्षा प्रणाली बलियो बनाउन काम गर्छ। मकैमा फाइबर र भिटामिन बी कम्प्लेक्स पाइन्छ, जसले पाचन क्रियालाई सुधार्न मद्दत गर्छ । साथै, पालकमा पोटासियम र म्याग्नेसियम हुन्छ, जसले रक्तचाप नियन्त्रण गर्न मद्दत गर्दछ।

चुकन्दर र गाँजर सुप
चुकन्दरमा आइरन र भिटामिन सी प्रचुर मात्रामा पाइन्छ । जसका कारण शरीरमा रगतको कमी हुँदैन । साथै, गाँजरमा भिटामिन ए हुन्छ, जुन छाला र आँखाका लागि फाइदाजनक हुन्छ। चुकन्दर र गाँजरको सुप पिउनाले रक्तसञ्चार पनि बढ्छ । जसले गर्दा भिटामिनको कमी हुँदैन ।

मुगुको दालको सुप
मुगको दालमा प्रोटिन र आइरन प्रचुर मात्रामा पाइन्छ । यसले मांसपेशी बलियो बनाउन काम गर्छ। यसले भिटामिन बी–९ को कमीलाई पनि हटाउँछ। मुगुको दालमा पनि फाइबर पाइन्छ । यसले पाचन र कब्जियतसँग सम्बन्धित समस्याहरू हटाउँछ। यसमा कम क्यालोरी सामग्री छ। यसले तौल घटाउन पनि मद्दत गर्छ ।

यी तीन सूप स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छन् । यसको सेवनले चिसोबाट पनि बचाउँछ र मल्टिभिटामिनको कमी पनि पूरा गर्छ ।

प्रकाशित मिति : १० माघ २०८१, बिहीबार  ८ : २३ बजे

धनुषामा सडक दुर्घटना : ६ महिनामा २६ जनाको मृत्यु

जनकपुरधाम– बितेको ६ महिनामा सडक दुर्घटनामा परी धनुषामा २६ जनाको

आजदेखि शहीद सप्ताह सुरु : शुक्रराज शास्त्रीप्रति श्रद्धाञ्जली

काठमाडौं– मुलुकमा प्रजातन्त्र स्थापनाका लागि आफ्नो जीवन उत्सर्ग गरेका शहीदहरुको

भरुवा बन्दुकसहित पक्राउ

बागमती– मकवानपुर प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ

बझाङमा १२ हजार किशोरीलाई ‘एचपीभी’ खोप लगाइँदै

बझाङ– बागलुङका १२ हजारभन्दा बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपीभी’

सभापति कप फुटबल प्रतियोगिता आजदेखि

काठमाडौं– २६ लाख रुपैयाँ राशीको सभापति कप फुटबल प्रतियोगिता आजदेखि