नागरिकता दिइसकेपछि गैरआवासीय नेपालीलाई भिसाको प्रावधान गलत : सांसद गिरी | Khabarhub Khabarhub

नागरिकता दिइसकेपछि गैरआवासीय नेपालीलाई भिसाको प्रावधान गलत : सांसद गिरी


१० माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सांसद दीपक गिरीले गैरआवासीय नेपाली (एनआरएन) हरूलाई निःशुल्क भिसा दिने प्रावधान गलत रहेको बताएका छन् । सरकारले त्यसलाई सच्याउनु पर्ने पनि उनले उल्लेख गरेका छन् ।

संघीय राजधानी काठमाडौंमा सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस केन्द्रीय सदस्य गिरीले संविधानले नै एनआरएन नागरिकता सुनिश्चित गरिसकेपछि एनआरएनलाई मातृभूमि आउँदा भिसा लगाउनु पर्ने प्रावधान संविधानको मर्मविपरीत रहेको बताए।

एनआरएन नेताहरूले सरकारद्वारा हालै जारी अध्यादेशमा गैरआवासीय नेपाली नागरिकता लिइसकेकालाई दश वर्ष नि:शुल्क भिसा दिने प्रावधानको विरोध गरिरहेका छन्।

एक प्रश्नको जवाफमा पूर्वमन्त्री गिरीले सरकारको काम सुस्त रहेको बताए। यद्यपि उनले यो सरकारलाई काम गर्न दिनु पर्ने बताउँदै पटक पटक सरकार बदल्दा देशमा राजनीतिक अस्थिरता हुने पनि जिकिर गरे ।

गिरीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकोबारे अदालतमा मुद्दा विचाराधीन रहेकाले थप टिप्पणी गर्न नचाहेको बताए ।

‘सबै सहकारी पीडितहरूले न्याय पाउनु पर्छ। उनीहरूको बचत रकम फिर्ता पाउनु पर्छ। यसमा सरकारले खुट्टा कमाउनु हुदैँन। जुनसुकै पार्टीको भए पनि छुट दिनु हुँदैन’, उनले भने ।

सूर्यदर्शन सहकारी संस्थाको बचत रकम ठगी अभियोगमा जिल्ला अदालत कास्कीबाट ६५ लाख धरौटीमा रिहा भएका लाछानेसहित सातै जनालाई पुर्पक्षका लागि थुनामा पठाउन माग गर्दै उच्च अदालतमा निवेदन दर्ता भइसकेको छ।

यता कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगीको अभियोगमा काठमाडौँ जिल्ला अदालतको आदेशपछि रवि ६० लाख धरौटी बुझाएर रिहा भएका छन् । उनका साझेदार छविलाल जोशी पनि कास्कीमा ८८ लाख र काठमाडौंमा ५० लाख धरौटी राखेर छुटेका छन् ।

प्रकाशित मिति : १० माघ २०८१, बिहीबार  ११ : ५७ बजे

प्रधानमन्त्रीलाई टिकटकरको सुझाव : अघिल्लो सरकारले जस्तो टिकटक बन्द नगर्नू

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीसँग दुई जना चर्चित टिकटकरले

पोखराको टाइगर माउन्टेनमा बेलायती राजकुमारको बास

पोखरा – नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार एडवार्ड र उनकी

मकुना मृत्यु प्रकरणः सरकारद्वारा छानबिन समिति गठन

काठमाडौं – सरकारले चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र कुमरोजमा भएको

एक वर्षपछि प्रतिनिधिसभा बैठकमा उपस्थित भए सांसद नेम्बाङ

काठमाडौं – नेकपा एमालेका सांसद बसन्तकुमार नेम्बाङ एक वर्ष पछाडि

१२ करोड लगानीमा बुटवलमा दोस्रो सिद्धार्थ कटेज, अर्थमन्त्री कार्कीले गरे उद्घाटन

बुटवल – सिद्धार्थ हस्पिटालिटीले बुटवलको योगीकुटीमा निर्माण गरेको ‘सिद्धार्थ कटेज’को