पछिल्लो २४ घण्टामा १८ विपद्का घटना : ३ जनाको मृत्यु, ५ घाइते « Khabarhub

पछिल्लो २४ घण्टामा १८ विपद्का घटना : ३ जनाको मृत्यु, ५ घाइते


५ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशभर पछिल्लो २४ घण्टामा १८ वटा विपद्का घटना दर्ता भएका छन् । ती घटनामा परी ३ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । घटनाबाट करिब ७७ लाख ९२ हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ ।

गृह मन्त्रालय मातहतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अधिकांश घटना आगलागीसँग सम्बन्धित रहेका छन् । झापाको मेचीनगर, मोरङको बुढीगंगा, दाङको घोराही, धनुषा र बारामा आगलागीका घटना हुँदा घर, पसल, फार्म तथा सवारीसाधनमा क्षति पुगेको छ ।

प्राधिकरणका अनुसार अछामको मंगलसेन नगरपालिका–१३ मा आगोले जलेर गम्भीर घाइते भएकी २ वर्षीया बालिकाको उपचारका लागि धनगढी लैजाँदै गर्दा मृत्यु भएको छ । 

त्यस्तै, डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ स्थित फुलबारी पाटन क्षेत्रमा यार्सागुम्बा संकलनका लागि पुगेकी जुम्लाकी २४ वर्षीया महिलाको लेक लागेर मृत्यु भएको छ । 

उपचारका लागि लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको जनाइएको छ । सोही क्षेत्रमा अर्का एक पुरुष पनि लेक लागेर बिरामी परेका छन् ।

बाराको कोल्हवी नगरपालिका–१ मा घरअगाडि खेलिरहेका २ वर्षीय बालकलाई सर्पले डस्दा उपचारका क्रममा नारायणी अस्पताल वीरगन्जमा मृत्यु भएको छ । 

यसैबीच, भोजपुरमा घाँस काट्ने क्रममा सर्पदंशबाट एक जना घाइते भएका छन् भने कञ्चनपुरको कृष्णपुरमा सामुदायिक वनका चौकीदारलाई बाघले आक्रमण गरी घाइते बनाएको प्राधिकरणले जनाएको छ ।

बाराको जितपुरसिमरा–२१ आधाभार जंगल क्षेत्रमा दाल बोकेको ट्रकमा तार सर्ट भएर आगलागी हुँदा २१ टन दालसहित ट्रक आंशिक रूपमा जलेको छ । उक्त घटनाबाट मात्रै करिब ७० लाख रुपैयाँ बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ ।

काठमाडौँको तिनचुलीस्थित एक खाजाघरमा ग्यास लिक भएर आगलागी हुँदा एक महिला घाइते भएकी छन् । डडेल्धुराको अजयमेरु गाउँपालिकामा वन डढेलो विद्यालय परिसरमा फैलिँदा पोलिहाउसहरू नष्ट भएका छन् ।

प्रकाशित मिति : ५ जेठ २०८३, मंगलबार  १ : ५९ बजे

पहिराले कान्ति लोकपथ अवरुद्ध

मकवानपुर– हेटौँडा–काठमाडौँ सडकको कान्तिलोकपथअन्तर्गत भिमफेदी गाउँपालिका–८ स्थित भरेङडाँडामा बिहानैदेखि यातायात

पहिराले दार्चुला–गोकुलेश्वर सडकखण्ड अवरुद्ध

खलङ्गा– दार्चुलाको पनेबाज क्षेत्रस्थित तेर्छालेकमा पहिरो खस्दा महाकाली लोकमार्गअन्तर्गत दार्चुला–गोकुलेश्वर

एक हजार ५९२ सवारीसाधन कारबाही, बीस लाख २४ हजार राजस्व सङ्कलन

काठमाडौं– ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा  सडक अनुशासन पालना नगर्ने

बर्डफ्लु सङ्क्रमण : काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट

काभ्रेपलाञ्चोक– काभ्रेमा बर्डफ्लु सङ्क्रमणका कारण हालसम्म ४० हजारभन्दा बढी हाँस तथा

हराभरा चक्रपथको सानेपा क्षेत्र (फोटो फिचर)

ललितपुर – काठमाडौँ उपत्यकाको चक्रपथ विस्तारको दोस्रो खण्ड निर्माणमा भएको