सुप्रिम सहकारी ठगीमा रविमाथि थुनछेक बहस सुरु « Khabarhub

सुप्रिम सहकारी ठगीमा रविमाथि थुनछेक बहस सुरु


१० माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

रूपन्देही– रूपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन सम्बन्धी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेमाथि आजदेखि थुनछेक बहस सुरु भएको छ ।

जिल्ला अदालत रुपन्देहीका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा थुनछेक बहस सुरु भएको हो । लामिछानेको हिजो बयान सकिएको थियो ।

इजलासले आज बिहान १० बजे अदालतमा उपस्थित हुने सर्तमा हिजो हाजिरी जमानीमा पत्नी निकिता पौडेल र कानून व्यवसायीको जिम्मामा छाडेको थियो ।

कास्की प्रहरीको हिरासतमै रहेका बेला पक्राउ पुर्जी पाएपछि यसअघि उनलाई कात्तिक २७ गते बुटवल लगेर बयान गराइएको थियो ।

आज सुरुमा सरकारी वकिल कार्यालयतर्फका कानून व्यवसायीले बहस गर्नेछन् ।

प्रकाशित मिति : १० माघ २०८१, बिहीबार  १२ : ०४ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित