महोत्सव उद्घाटन गर्न हेलिकप्टर चढेर धादिङ पुगे उपप्रधानमन्त्री सिंह « Khabarhub

महोत्सव उद्घाटन गर्न हेलिकप्टर चढेर धादिङ पुगे उपप्रधानमन्त्री सिंह


१० माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अहिले देशभर मेला र महोत्सवको माहोल छ । देशका विभिन्न ठाउँमा महोत्सव चलिरहँदा कलाकार, नेता र मन्त्रीसमेतले घुमघाम गर्न पाइरहेका छन् ।

महोत्सवले संघीय सरकारका मन्त्रीहरूलाई समेत छोएको छैन । काठमाडौंबाट जहाज र हेलिकप्टर चढेर मन्त्रीहरू देशका विभिन्न जिल्लाका महोत्सवमा अतिथि-प्रमुख अतिथि भइरहेका छन् ।

स्थानीय तहहरूलाई बजेट सक्ने गतिलो माध्यम मेला र महोत्सव भइरहेका छन् । जिल्लामा हुने कृषि महोत्वसमा लाखौँ खर्चिएर राष्ट्रिय कलाकार लगिन्छ । नेता मन्त्रीलाई पनि उस्तै खर्च गरेर स्थानीय तहले लगिरहेका छन् ।

नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको बलियो सरकारले नतिजा दिन नसकिरहेको गुनासो आइरहेका बेला मन्त्रीहरूलाई महोत्सवले व्यस्त बनाइरहेको छ ।

महोत्वसको माहोलले उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहलाई पनि नछुने कुरै भएन । औपचारिक कार्यक्रम, मेला-महोत्सव उद्घाटनमा अभिरुचि राख्ने नेतामा पर्छन् प्रकाशमान ।

उनी बिहीबार काठमाडौंसँगै जोडिएको धादिङ सदरमुकाम धादिङ बेंसीमा सुरु हुने लोक सांस्कृतिक महोत्सव उद्घाटनका लागि त्यसतर्फ गएका छन् ।

अनौठो त के भने काठमाडौंसँगै सिमाना जोडिएको जिल्लामा जान पनि प्रकाशमानका लागि हेलिकप्टर आवश्यक पर्‍यो । संघीय राजधानी जोड्ने त्रिभुवन राजपथ र पृथ्वी राजमार्ग छिचोल्दै धादिङ बेंसी करिब साढे ३ घण्टामा पुग्न सकिन्छ ।

मेचीदेखि महाकालीसम्मका हजारौँ सर्वसाधारण यही बाटो हुँदै संघीय राजधानी ओहोरदोहोर गरिरहन्छन् । तर मन्त्रीलाई भने काठमाडौंबाट ८८.३ किलोमिटर परको धादिङ बेंसी पुग्न हेलिकप्टर नै चार्टर्ड गर्नुपर्‍यो ।

काठमाडौंसँगै सीमा जोडिएको भए पनि धादिङ पुगेर फर्किँदा हेलिकप्टरलाई कम्तीमा पनि ३ लाख बुझाउनुपर्ने हुन्छ । जबकि गाडीमै जाँदा पनि बिहान पुगेर बेलुका फर्किने दूरीमा छ धादिङ बेंसी । धादिङ बेंसीको सडक दूरी ८८.३ किलोमिटर हुँदा सीधा हवाई दूरी विमानस्थलबाट ४७.८० मात्रै छ ।

संघीय राजधानीसँग सीमा जोडिएको जिल्ला तलबाट जाँदा उपप्रधानमन्त्री सिंहलाई राजमार्गमा जामको डर, असुरक्षा र जनआक्रोशको शिकार हुने डर पनि पसेको हुन सक्छ । केही दिनअघि मात्रै झापामा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापाले मुक्का खाएको घटना सेलाइसकेको छैन ।

धादिङबेंसीमा बिहीबारदेखि देखि माघ २० गतेसम्म ‘लोक संस्कृतिको प्रर्वद्धनको सारः पहिचान पर्यटन र समृद्धिको आधार’ भन्ने नारासाथ ‘धादिङ लोक सांस्कृतिक महोत्सव २०८१’ हुँदैछ । त्यही महोत्सवको उद्घाटनका लागि सिंह केही सहयोगीसहित हेलिकप्टर चढेर त्यहाँ पुगिसकेका छन् ।

बिहिबार बिहान १० बजेदेखि धादिङबेंसी पुछारबजारबाट बहुसांस्कृतिक भाषा भाषीको प्रतियोगितात्मक झाँकीसहितको र्‍याली गरिएको छ। मध्यान्ह १२ बजे धादिङबेंसीस्थित खुलामञ्चमा ‘धादिङ लोक सांस्कृतिक महोत्सव २०८१’ विधिवत उद्घाटन सिंहले गरेका छन् ।

प्रतियोगितामा धादिङका सबै स्थाननीय तहका ११ टिम र अन्य दुई गरी १४ टिमको सहभागिता छ । राष्ट्रिय तथा स्थानीय कलाकारहरूबाट दैनिक प्रस्तुति रहने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान धादिङका उपाध्यक्ष संगीत सुवेदीलले बताएका छन् ।

प्रकाशित मिति : १० माघ २०८१, बिहीबार  १ : ०७ बजे

धनुषाका विभिन्न स्थानबाट १४ लाखको अवैध सामान बरामद

धनुषा – सशस्त्र प्रहरी बलले धनुषाका विभिन्न स्थानबाट रु १४

यार्चागुम्बा सङ्कलन गर्न १३८ जनाले लिए अनुमतिपत्र

दार्चुला – दार्चुलाको हिमाली क्षेत्रमा पाइने बहुमूल्य जुडिबुटी यार्चागुम्बा सङ्कलनका

विश्वकपमा इरानलाई आतिथ्यता दिन मेक्सिको तयार

मेक्सिको सिटी – विश्वकपमा इरानलाई आतिथ्यता दिन मेक्सिको तयार रहेको

रुखको हाँगा ट्याक्टरमा खस्दा एक जनाको मृत्यु

बारा – बाराको निजगढमा आज साँझ आएको हुरीले रुखको हाँगा

किशोर श्रेष्ठ प्रकरणमा प्रेस संगठन आक्रोशित, निष्पक्ष छानबिनको माग

काठमाडौं – वरिष्ठ पत्रकार किशोर श्रेष्ठसँग सम्बन्धित पछिल्लो घटनाप्रति पत्रकार