महोत्सव उद्घाटन गर्न हेलिकप्टर चढेर धादिङ पुगे उपप्रधानमन्त्री सिंह | Khabarhub Khabarhub

महोत्सव उद्घाटन गर्न हेलिकप्टर चढेर धादिङ पुगे उपप्रधानमन्त्री सिंह


१० माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अहिले देशभर मेला र महोत्सवको माहोल छ । देशका विभिन्न ठाउँमा महोत्सव चलिरहँदा कलाकार, नेता र मन्त्रीसमेतले घुमघाम गर्न पाइरहेका छन् ।

महोत्सवले संघीय सरकारका मन्त्रीहरूलाई समेत छोएको छैन । काठमाडौंबाट जहाज र हेलिकप्टर चढेर मन्त्रीहरू देशका विभिन्न जिल्लाका महोत्सवमा अतिथि-प्रमुख अतिथि भइरहेका छन् ।

स्थानीय तहहरूलाई बजेट सक्ने गतिलो माध्यम मेला र महोत्सव भइरहेका छन् । जिल्लामा हुने कृषि महोत्वसमा लाखौँ खर्चिएर राष्ट्रिय कलाकार लगिन्छ । नेता मन्त्रीलाई पनि उस्तै खर्च गरेर स्थानीय तहले लगिरहेका छन् ।

नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको बलियो सरकारले नतिजा दिन नसकिरहेको गुनासो आइरहेका बेला मन्त्रीहरूलाई महोत्सवले व्यस्त बनाइरहेको छ ।

महोत्वसको माहोलले उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहलाई पनि नछुने कुरै भएन । औपचारिक कार्यक्रम, मेला-महोत्सव उद्घाटनमा अभिरुचि राख्ने नेतामा पर्छन् प्रकाशमान ।

उनी बिहीबार काठमाडौंसँगै जोडिएको धादिङ सदरमुकाम धादिङ बेंसीमा सुरु हुने लोक सांस्कृतिक महोत्सव उद्घाटनका लागि त्यसतर्फ गएका छन् ।

अनौठो त के भने काठमाडौंसँगै सिमाना जोडिएको जिल्लामा जान पनि प्रकाशमानका लागि हेलिकप्टर आवश्यक पर्‍यो । संघीय राजधानी जोड्ने त्रिभुवन राजपथ र पृथ्वी राजमार्ग छिचोल्दै धादिङ बेंसी करिब साढे ३ घण्टामा पुग्न सकिन्छ ।

मेचीदेखि महाकालीसम्मका हजारौँ सर्वसाधारण यही बाटो हुँदै संघीय राजधानी ओहोरदोहोर गरिरहन्छन् । तर मन्त्रीलाई भने काठमाडौंबाट ८८.३ किलोमिटर परको धादिङ बेंसी पुग्न हेलिकप्टर नै चार्टर्ड गर्नुपर्‍यो ।

काठमाडौंसँगै सीमा जोडिएको भए पनि धादिङ पुगेर फर्किँदा हेलिकप्टरलाई कम्तीमा पनि ३ लाख बुझाउनुपर्ने हुन्छ । जबकि गाडीमै जाँदा पनि बिहान पुगेर बेलुका फर्किने दूरीमा छ धादिङ बेंसी । धादिङ बेंसीको सडक दूरी ८८.३ किलोमिटर हुँदा सीधा हवाई दूरी विमानस्थलबाट ४७.८० मात्रै छ ।

संघीय राजधानीसँग सीमा जोडिएको जिल्ला तलबाट जाँदा उपप्रधानमन्त्री सिंहलाई राजमार्गमा जामको डर, असुरक्षा र जनआक्रोशको शिकार हुने डर पनि पसेको हुन सक्छ । केही दिनअघि मात्रै झापामा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापाले मुक्का खाएको घटना सेलाइसकेको छैन ।

धादिङबेंसीमा बिहीबारदेखि देखि माघ २० गतेसम्म ‘लोक संस्कृतिको प्रर्वद्धनको सारः पहिचान पर्यटन र समृद्धिको आधार’ भन्ने नारासाथ ‘धादिङ लोक सांस्कृतिक महोत्सव २०८१’ हुँदैछ । त्यही महोत्सवको उद्घाटनका लागि सिंह केही सहयोगीसहित हेलिकप्टर चढेर त्यहाँ पुगिसकेका छन् ।

बिहिबार बिहान १० बजेदेखि धादिङबेंसी पुछारबजारबाट बहुसांस्कृतिक भाषा भाषीको प्रतियोगितात्मक झाँकीसहितको र्‍याली गरिएको छ। मध्यान्ह १२ बजे धादिङबेंसीस्थित खुलामञ्चमा ‘धादिङ लोक सांस्कृतिक महोत्सव २०८१’ विधिवत उद्घाटन सिंहले गरेका छन् ।

प्रतियोगितामा धादिङका सबै स्थाननीय तहका ११ टिम र अन्य दुई गरी १४ टिमको सहभागिता छ । राष्ट्रिय तथा स्थानीय कलाकारहरूबाट दैनिक प्रस्तुति रहने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान धादिङका उपाध्यक्ष संगीत सुवेदीलले बताएका छन् ।

प्रकाशित मिति : १० माघ २०८१, बिहीबार  १ : ०७ बजे

नेपाली केराले नै दसैँ–तिहार र छठ धान्ने, आयात नगर्न अनुरोध

काठमाडौं– केरा व्यवसायीहरूले अहिले नेपालमा उत्पादित केराले दसैँ–तिहार र छठ

लुम्बिनी प्रदेश सरकारअन्तर्गतको क्षति विवरण सार्वजनिक

लुम्बिनी– जेनजी आन्दोलनका क्रममा लुम्बिनी प्रदेश सरकार र मातहतका विभिन्न

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गते हुने

भक्तपुर– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा असोज

आन्दोलनका क्रममा चोरी तथा लुटिएका सामान खोज्दै प्रहरी

बागमती– जेन–जी आन्दोलनका क्रममा हेटौँडास्थित विभिन्न सरकारी कार्यालय तथा मन्त्रालयबाट

भद्रकाली मन्दिर परिसरमा विश्वकर्मा पूजा गर्नेहरूको भीड (तस्बिरहरू) 

काठमाडौं– आज कालिगढहरूले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं