चीनद्वारा नयाँ उपग्रह प्रक्षेपण « Khabarhub

चीनद्वारा नयाँ उपग्रह प्रक्षेपण


१० माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – चीनले उत्तरी चीनको साङ्सी प्रान्तको ताइयुआन स्याटेलाइट प्रक्षेपण केन्द्रबाट बिहीबार ‘नयाँ उपग्रह समूह’ अन्तरिक्षमा पठाएको छ ।

आठ उपग्रहहरूको यो समूहले ‘स्पेससेल कन्स्टेलेसन’ गठन गर्नेछ । स्पेससेल कन्स्टेलेसन अन्तरिक्षयानको एउटा समूह हो, जसले सूर्यको प्रकाशको शक्ति प्रयोग गरेर अन्तरिक्षमा यात्रा गर्न सहयोग गर्दछ । उक्त प्रक्षेपण दिउँसो १ः१५ मा गरिएको थियो ।

प्रक्षेपण लङ मार्च क्यारियर रकेट शृङ्खलाको ५५७औँ उडान मिसन हो । साङ्घाई एकेडेमी अफ स्पेसफ्लाइट टेक्नोलोजीद्वारा विकसित रकेटलाई अक्सिजन र केरोसिन प्रोपेलेन्टको साथ इन्धन गरिएको थियो, जुन प्रदूषणमुक्त छ ।

रकेट निर्माताका अनुसार सन् २०२५ मा १० भन्दा बढी अन्तरिक्ष प्रक्षेपण कार्यक्रम हुनेछ । स्पेससेल एक चिनियाँ उपग्रह ‘मेगा कन्स्टेलेसन’ हो । यसले सन् २०२४ अगस्ट ६ मा व्यावसायिक नेटवर्कको निर्माण सुरु गर्‍यो ।

प्रकाशित मिति : १० माघ २०८१, बिहीबार  ६ : ५४ बजे

मक्कालाई लक्षित गरेको आरोपमा हुथीविरुद्ध साउदीको ‘रेड लाइन’ चेतावनी

एजेन्सी– यमनका हुथी विद्रोहीले इस्लामको पवित्र सहर मक्कालाई लक्षित गरेको

भेडापालनका लागि स्थानीयलाई अनुदान

भोजपुर– हतुवागढी गाउँपालिकाले पुनः भेडापालन गर्न स्थानीयलाई अनुदानको व्यवस्था मिलाएको छ

ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’

मुस्ताङ– जलवायु परिवर्तन सम्मेलन गर्ने एक वर्षअघिदेखिको घरपझोङ गाउँपालिकाको सपना

बालक चन्द्रवंशीको वार्षिक आम्दानी ४० लाख

सुनसरी– बालक चन्द्रवंशीले वार्षिक ४० लाख रुपैयाँ आम्दानी गर्न थालेका

डिजिटल पार्लियामेन्ट प्लेटफर्मको परीक्षण उद्घाटन 

काठमाडौं– संघीय संसद सचिवालयले नयाँ डिजिटल पार्लियामेन्ट प्लेटफर्म सञ्चालनमा ल्याएको