भारतीय विदेश मन्त्रालयका उच्च अधिकारी आइतबार नेपाल आउँदै « Khabarhub

भारतीय विदेश मन्त्रालयका उच्च अधिकारी आइतबार नेपाल आउँदै


१० माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय विदेश मन्त्रालयका एडिसनल सेक्रेटरी एवं नर्थ डेस्कका प्रमुख मनु महवर नेपाल भ्रमणमा आउने भएका छन् ।

नेपाल–भारत परियोजना समितिको बैठकमा सहभागी हुन महवर आगामी आइतबार नेपाल आउन लागेका हुन् ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले भारतीय विदेश मन्त्रालयका एडिसनल सेक्रेटरी महवर नेपाल आउने कार्यक्रम रहेको लोकान्तरलाई जानकारी दिए ।

तीन दिने भ्रमणका लागि माघ १३ गते नेपाल आउन लागेका महवर भारतीय सहयोगमा बनिरहेका आयोजना सम्बन्धी बैठकमा सहभागी हुने स्रोतले बतायो ।

महवर जनवरी ९ मा नयाँ दिल्लीस्थित भारतीय दूतावासमा राजदूत शंकर शर्माले आयोजना गरेको कार्यक्रममा सहभागी भएका थिए । वरिष्ठ कुटनीतिज्ञ महवर यसअघि माल्दिभ्सका लागि भारतको राजदूत थिए ।

प्रकाशित मिति : १० माघ २०८१, बिहीबार  ९ : ४३ बजे

किएभमा थप आक्रमण गर्ने रूसको चेतावनी, विदेशीलाई शहर छोड्न आग्रह

मस्को – रूसले किएभमा थप आक्रमण गर्ने योजना सार्वजनिक गर्दै

धनुषाका विभिन्न स्थानबाट १४ लाखको अवैध सामान बरामद

धनुषा – सशस्त्र प्रहरी बलले धनुषाका विभिन्न स्थानबाट रु १४

यार्चागुम्बा सङ्कलन गर्न १३८ जनाले लिए अनुमतिपत्र

दार्चुला – दार्चुलाको हिमाली क्षेत्रमा पाइने बहुमूल्य जुडिबुटी यार्चागुम्बा सङ्कलनका

विश्वकपमा इरानलाई आतिथ्यता दिन मेक्सिको तयार

मेक्सिको सिटी – विश्वकपमा इरानलाई आतिथ्यता दिन मेक्सिको तयार रहेको

रुखको हाँगा ट्याक्टरमा खस्दा एक जनाको मृत्यु

बारा – बाराको निजगढमा आज साँझ आएको हुरीले रुखको हाँगा