काठमाडौं – भारतीय विदेश मन्त्रालयका एडिसनल सेक्रेटरी एवं नर्थ डेस्कका प्रमुख मनु महवर नेपाल भ्रमणमा आउने भएका छन् ।
नेपाल–भारत परियोजना समितिको बैठकमा सहभागी हुन महवर आगामी आइतबार नेपाल आउन लागेका हुन् ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले भारतीय विदेश मन्त्रालयका एडिसनल सेक्रेटरी महवर नेपाल आउने कार्यक्रम रहेको लोकान्तरलाई जानकारी दिए ।
तीन दिने भ्रमणका लागि माघ १३ गते नेपाल आउन लागेका महवर भारतीय सहयोगमा बनिरहेका आयोजना सम्बन्धी बैठकमा सहभागी हुने स्रोतले बतायो ।
महवर जनवरी ९ मा नयाँ दिल्लीस्थित भारतीय दूतावासमा राजदूत शंकर शर्माले आयोजना गरेको कार्यक्रममा सहभागी भएका थिए । वरिष्ठ कुटनीतिज्ञ महवर यसअघि माल्दिभ्सका लागि भारतको राजदूत थिए ।
प्रतिक्रिया