आज २०८१ साल फागुन ११ गते आइतबारको राशिफल « Khabarhub

आज २०८१ साल फागुन ११ गते आइतबारको राशिफल


११ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल फागुन ११ गते आइतबार फागुन कृष्ण पक्षको दशमी तिथि। तदनुसार सन् २०२५ फेब्रुअरी २३ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। व्यापारमा फाइदा हुनेछ। भाग्यको स्थानमा चन्द्रमा पुगेकाले स्वास्थ्यमा सुधार हुनेछ। राज्यको तर्फबाट तपाईंको प्रशंसा हुनेछ। सञ्चित धन खर्च भए पनि इज्जत बढ्ने दिन छ।

वृष : बोलीको प्रभावले महत्त्वपूर्ण काम बन्नेछ। साथीको साथ मिल्नेछ। पूर्वको लामो यात्रा नगर्नु उचित हुनेछ। सम्पत्तिलाई प्राथमिकता दिँदा स्वास्थ्यमा भने जोखिम बढ्नेछ।

मिथुन : परिवारसँग बसेर रमाइलो गर्ने दिन छ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षाको प्रयास सफल बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : हरेक क्षेत्रमा सचेत हुनुपर्ने दिन छ। आफ्ना साथीबाट असहयोग हुनेछ। स्वास्थ्यमा भने सुधार हुनेछ दिन छ। परिवारसँग व्यवहार गर्दा सचेत बन्नुपर्ने समय आएको छ।

सिंह : शिक्षामा जोस र जाँगर बढ्नेछ। परिवारसँगको घुमघाम रमाइलो बन्नेछ। स्वास्थ्यमा सुधार हुँदा मनमा उत्साह बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ। दिन रमाइलो बन्दा मन शान्त बन्नेछ।

कन्या : जिम्मेवारीका नाममा बोझ बढ्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। थोरै बोलेर अगाडि बढ्नुपर्ने समय आएको छ। सहकार्य गरेर अगाडि बढेमा व्यापारबाट फाइदा हुनेछ।

तुला : एकल निर्णयबाट घाटा हुनेछ। साथीसँगको सहकार्यले दिन सफल बन्नेछ। शिक्षा र स्वास्थ्यका लागि दिन राम्रो छ। परिवारसँग छलफल गरेर महत्त्वपूर्ण कामको सुरुवात गर्नु उचित हुनेछ।

वृश्चिक : दिन राम्रो छ। स्वास्थ्यमा सचेत बन्नुपर्नेछ। साथीभाइको साथ मिल्नेछ। सहयोगी साथीको बहुमतले काम बन्ने योग छ। परिवारमा कर्तव्य मात्र पूरा गर्नुपर्ने समय छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु : तपाईंको राशिमा चन्द्रमा पुगेकाले मनमा उत्साह बढ्नेछ। उपचारमा भए स्वास्थ्यमा व्यापक सुधार हुनेछ। विपक्षीका विरोधी आवाज सुन्नुपर्ने हुनसक्छ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ।

मकर : सञ्चित धन खर्च हुनेछ। पुराना मित्रसँगको भेटले नयाँ कुरा सिक्ने अवसर मिल्नेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। अन्त्य साढेसाती दशा भएकाले दान गरेर दिनको सुरुवात गर्नु राम्रो हुनेछ।

कुम्भ : आम्दानीका स्रोत पत्ता लाग्नेछन्। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। गुरुसँग नम्र भएर सहकार्य गर्दै अगाडि बढ्नुपर्ने समय छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। प्रेममा सफलता मिल्नेछ।

मीन : दिन राम्रो छ। बौद्धिक साथीसँग थोरै बोल्नु उचित हुनेछ। सुरुवाती शनिदेव १२ औं स्थानमा पुगेकाले सञ्चित धन खर्च हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। प्रेम सम्बन्धमा सुधार हुनेछ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  ५ : ०६ बजे

साउदीमा आठ हजार पाकिस्तानी सेना र लडाकु विमान तैनाथ

काठमाडौं । पाकिस्तानले साउदी अरबमा लडाकु विमानसहित ठूलो संख्यामा सैनिक

पारा तेक्वान्दो टोली मंगोलिया जाँदै

काठमाडौं । आईची–नागोया एसियाली पारा तेक्वान्दोको छनोट तथा ११औँ एसियाली

आईपीएल : हैदराबादलाई चेन्नईले दियो १८१ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ६३औँ खेलमा

सहकारी बैंक निर्वाचनमा साझा उम्मेदवारलाई सहयोग गर्न एमालेको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सहकारी बैंक लिमिटेडको आगामी

‘ज्येष्ठ नागरिकका अनुभव अनुसरणले मुलुकमा समृद्धि प्राप्त हुन्छ’

मोरङ – ज्येष्ठ नागरिकहरूसँग रहेको अनुभव र पारम्परिक ज्ञान युवा