केपी ओली कप फुटबल प्रतियोगिता आजदेखि हुँदै | Khabarhub Khabarhub

केपी ओली कप फुटबल प्रतियोगिता आजदेखि हुँदै


११ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– केपी ओली कप फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ । नेकपा एमालेको भ्रातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा हुने प्रतियोगितामा ९ टिमले भाग लिँदैछन् । 

फागुन १९ गतेसम्म चल्ने प्रतियोगिताको उद्‌घाटन खेलमा आज विभागीय टिम एपीएफ र उज्वेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल एन्फा कम्प्लेक्स मैदान सातदोबाटोमा दिउँसो ३ बजे सुरु हुनेछ ।

प्रतियोगितामा विभागीय टिम एपीएफ, त्रिभुवन आर्मी र नेपाल पुलिससहित उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी, भुटानको एससी ट्रान्सपोर्ट युनाइटेड, मछिन्द्र क्लब, एनआरटी क्लब, सङ्कटा क्लब र केपी ओली एफसी सहभागी छन् ।

प्रतियोगिताका सेमिफाइनल र फाइनल खेल दशरथ रङ्गशालामा हुने छन् भने त्यसअघिका खेल एन्फा कम्प्लेक्समा हुने छन् ।

प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउने आयोजक युवा सङ्घ नेपालले जनाएको छ । 

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  ८ : ३२ बजे

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ