काभ्रेका ९५ प्रतिशत किशोरीले लगाए ‘एचपीभी’ खोप, केहीले मानेनन् « Khabarhub

काभ्रेका ९५ प्रतिशत किशोरीले लगाए ‘एचपीभी’ खोप, केहीले मानेनन्


११ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काभ्रे– राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत काभ्रेपलाञ्चोकका कक्षा ६ देखि १० सम्म अध्ययनरत ९५ प्रतिशत बालिकाले पाठेघरको मुखको क्यान्सर गराउने एचपीभी (ह्युमन प्यापीलोमा भाइरस) विरुद्धको खोप लगाएका छन् ।

यहाँका १६ हजार ९७ बालिकालाई खोप लगाइने लक्ष्य रहेकामा १५ हजार तीन सय ४४ अर्थात् ९५ दशमलव ३२ प्रतिशत बालिकालाई उक्त खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ ।

राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत पाठेघरको मुखको क्यान्सर रोकथाम तथा नियन्त्रणका लागि गत माघ २२ देखि यही फागुन ६ गतेसम्म खोप अभियान सञ्चालन गरिएको थियो ।

नेपाल सरकारले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)बाट प्रमाणित उक्त खोप कक्षा ६–१० विद्यालय समूहका तथा विद्यालय बाहिर रहेका १० वर्षदेखि १४ वर्ष उमेरका बालिकाका लागि उक्त खोप लगाइएको हो । अशिक्षा तथा चेतनाको कमीलगायत विविध कारण लक्ष्यअनुसार केही प्रतिशत खोप लगाउने बालिकाको सङ्ख्यामा कमी आएको कार्यालयले जनाएको छ ।

‘केही बालिकाले खोप लगाउनै नमानेको विद्यालयबाट जानकारी आयो, सायद अशिक्षा तथा चेतनाको कमी नै शतप्रतिशत खोप सम्पन्न गर्न नसकेको होला !’, कार्यालय प्रमुख रागिश्री कक्षपति श्रेष्ठले भनिन् । उनका अनुसार भौगोलिक विकटतालगायत समग्रमा खोप कार्यक्रम सफल भएको मानिएको छ । जिल्लाको दुई सय ५२ सामुदायिक विद्यालय तथा ८४ निजी विद्यालयका छात्रालाई उक्त खोप लगाएको हो ।

जिल्लाको १३ स्थानीय तहमध्ये अधिकांश स्थानीय तहमा लक्ष्यको ९९ प्रतिशत खोप लगाएको देखिन्छ । कार्यालयको तथ्याङ्कानुसार सबैभन्दा कम चौँरीदेउराली गाउँपालिकामा ८१ प्रतिशत तथा धुलिखेल नगरमा ८५ प्रतिशत बालिकाले खोप लगाएका छन् । चार सय ५० बालिकालाई खोप लगाउने लक्ष्य लिइएकामा चौँरीदेउरालीमा तीन सय ६४ ले मात्रै खोप लगाए । सदरमुकामस्थित धुलिखेल नगरमा भने एक हजार चार सय १६ बालिकामध्ये एक हजार दुई सय चार बालिकाले मात्र खोप लगाएका छन् ।

यस्तै खानीखोला, नमोबुद्ध, भुम्लु र तेमाल गाउँपालिकाका ९९ प्रतिशत बालिकाले खोप लगाएका छन् । बनेपा र पाँचखाल नगर तथा बेथान्चोक गाउँपालिकामा ९८ प्रतिशत बालिकालाई खोप दिइयो । रोशी गाउँपालिकाले ९५ प्रतिशत, मण्डनदेउपुर र पनौती नगरमा ९४ प्रतिशत, महाभारत गाउँपालिकामा ९३ प्रतिशत बालिकाले खोप लगाएका छन् ।

स्वास्थ्य मन्त्रालयको तथ्याङ्कानुसार नेपालमा हरेक वर्ष दुई हजार दुई सय महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको छ । यसमध्ये एक हजार तीन सयको महिलाको निधन हुने गरेको जनाइएको छ । 

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  ८ : ५० बजे

भुटानी शरणार्थी क्याम्पमा ‘सुरक्षा शून्यता’ : पुनःस्थापनामा ढिलाइप्रति चर्को गुनासो

मोरङ– पथरीशनिश्चरे नगरपालिका–१० स्थित सशस्त्र प्रहरीको भुटानी शरणार्थी सुरक्षा बेस

मनासलु क्षेत्रमा पुगे १५ हजार पर्यटक

गोरखा– प्रसिद्ध पर्यटकीय क्षेत्र मनासलुमा अहिलेसम्मकै धेरै पर्यटक पुगेका छन्

कांग्रेसले एकसाथ ७ नेतालाई सोध्यो स्पष्टीकरण, पार्टीका उम्मेदवारविरुद्ध लागेको आरोप

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ मा

किष्ट हस्पिटलमा कलेजोको १५ औं शल्यक्रिया सफल

काठमाडौं– किष्ट टिचिङ हस्पिटलले, ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा