आजका समाचार : सदनमा निरन्तर विरोध, चार पूर्वप्रधानमन्त्री एकै मञ्चमा, सबै जिल्लामा खटिए कांग्रेस प्रतिनिधि, यसै वर्ष स्वदेश फर्कने हसिनाको घोषणा र मेस्सीको अर्को ऐतिहासिक कीर्तिमान « Khabarhub

आजका समाचार : सदनमा निरन्तर विरोध, चार पूर्वप्रधानमन्त्री एकै मञ्चमा, सबै जिल्लामा खटिए कांग्रेस प्रतिनिधि, यसै वर्ष स्वदेश फर्कने हसिनाको घोषणा र मेस्सीको अर्को ऐतिहासिक कीर्तिमान


१४ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

सडकमा खाल्डो भेटिए राज्यलाई एक लाख जरिवाना तिराउने कानुन चाहियो : ज्ञानेन्द्र शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सवारी नियम उलंघन गर्नेलाई मात्रै नभई पूर्वाधार निर्माणमा कमजोरी गर्नेलाई पनि कानुनी दायरामा ल्याउनुपर्ने बताएका छन् ।

आइतबार बसेको प्रतिनिधिसभाको आकस्मिक समयमा नेता शाहीले ट्राफिक नियम उल्लङ्घन गर्नेहरूलाई कडा कानुनी सजाय गर्ने भन्ने चर्चा सुनिएको भन्दै सडक पूर्वाधार निर्माणमा कमजोरी गर्नेलाई पनि कडा कानुनी दायरामा ल्याउनुपर्ने बताएका हुन्

नागरिकले ट्राफिक नियम उल्लङ्घन गर्दा एक लाख रुपैँयाँसम्म जरिवाना तिर्न सक्छन् भने राज्य पनि जिम्मेवार हुनुपर्ने उनको भनाइ छ ।

प्रधानमन्त्रीको सीमा अभिव्यक्ति हटाउन माग गर्दै विपक्षीको सदनमा निरन्तर विरोध

संसद्‍मा उठ्यो कक्षा १२ को परीक्षाफलमा त्रुटिको विषय, सांसदले भने- छानबिन गरी दोषीलाई कारबाही गरियोस्

संसद्‍मा एमालेले भन्यो- विष्णु पौडेललाई तत्काल रिहा गरियोस्

नेकपाले भन्यो– रास्वपाको दस्तावेजले लोकतन्त्रको आधारलाई हल्लाउने गन्ध आइरहेको छ

चितवनका तीन सांसद रास्वपाका केन्द्रीय पदाधिकारी

शिक्षालाई अनुसन्धान र नवप्रवर्तनमा जोड्दै उद्यमशीलतामा केन्द्रित हुन आवश्यक : उपराष्ट्रपति यादव

जेन-जी आन्दोलनपछि पहिलो पटक चार वामपन्थी पूर्वप्रधानमन्त्री एकै मञ्चमा

भदौ २३ र २४ गते देशमा भएको जेन-जी आन्दोलनपछि पहिलो पटक चार जना वामपन्थी पूर्वप्रधानमन्त्रीहरु एउटै मञ्चमा देखा परेका छन् ।

मदन भण्डारी फाउण्डेशनद्वारा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र झलनाथ खनाल सँगै देखिएका हुन् ।

मदन भण्डारीको ७५ औं जन्मोत्सवका अवसरमा फाउण्डेशनले आज राजधानीको राष्ट्रिय सभागृहमा ‘नेपालको कम्युनिष्ट आन्दोलन र मदन भण्डारी विषयक विचार गोष्ठी तथा पुरस्कार वितरण समारोह’ आयोजना गरेको हो ।

लोकतन्त्र र वामपन्थी आन्दोलन सिध्याउन भदौ २३ र २४ गते प्रतिगामी षडयन्त्र भयो : ओली

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली उपयुक्त छैन : पूर्वराष्ट्रपति भण्डारी

वामपन्थी सहकार्यमा ढिलाइ नगरौँ : संयोजक प्रचण्ड

वामपन्थी एकता अत्यन्त आवश्यक भइसक्यो : पूर्वप्रधानमन्त्री खनाल

विवेकपूर्ण आत्मसमीक्षाबिना कम्युनिस्ट एकता सम्भव छैन : सहसंयोजक माधव नेपाल

पार्टीमा युवा सहभागिता बढाउन ७७ वटै जिल्लामा खटिए कांग्रेसका केन्द्रीय प्रतिनिधि

नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरणार्थ कांग्रेसले ७७ वटै जिल्लामा प्रतिनिधि खटाएको छ । पार्टीमा ३५ वर्षमुनिका युवाहरूको अधिकतम प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यका लागि केन्द्रबाट विशेष प्रतिनिधि खटाइएको हो ।

पार्टीको १५औँ महाधिवेशनका लागि वैशाख १ गतेदेखि सुरु भएको कांग्रेसको नयाँ क्रियाशील सदस्यता वितरण तथा पुरानाको डिजिटल अद्यावधिक अभियान जारी छ ।

‘पार्टीमा सदस्यमा धेरै भन्दा धेरै युवाको सहभागिता गराउनका लागि क्रियाशील सदस्यता वितरण अभियानमार्फत ३५ वर्षमुनिका युवाहरूको अधिकतम प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यका साथ ७७ वटै जिल्लामा प्रतिनिधि खटाइएको हो,’ कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बताए ।

उनका अनुसार ती केन्द्रीय प्रतिनिधिहरूले असार ७ देखि असार २० गतेसम्म सम्बन्धित जिल्लामा उपस्थित भई समन्वय, सहजीकरण तथा जिम्मेवारी निर्वाह गर्नेछन् ।

वर्षमानको टिप्पणी : रास्वपाको पछिल्लो राजनीतिक चरित्रले जनमतको अपमान गर्‍यो

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइने

कालिमाटीको आलु काउली र लौकामा भेटियो अत्यधिक मात्रामा विषादी, नष्ट गर्न निर्देशन

यसै वर्ष स्वदेश फर्कने बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनाको घोषणा

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू यसैवर्ष स्वदेश फर्कने घोषणा गरेकी छिन् । मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दामा अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाइएपछि उनले यस्तो प्रतिक्रिया दिएकी हुन् ।

अठहत्तर वर्षीय हसिना विद्यार्थी नेतृत्वको आन्दोलनका कारण सन् २०२४ को अगस्टमा उनको १५ वर्ष लामो शासन अन्त्य भएपछि छिमेकी भारतमा आश्रय लिइरहेकी छिन् ।

त्यसयता उनी सार्वजनिक रूपमा निकै कम देखिएकी छिन् । गत जनवरीमा भने उनले नयाँ दिल्लीस्थित प्रेस क्लबबाट भिडियोमार्फत सम्बोधन गरेकी थिइन् । भारतीय टेलिभिजन एनडीटिभीसँगको अन्तर्वार्तामा हसिनाले आफ्नोविरुद्धको फैसला ‘गैरकानुनी, असंवैधानिक र राजनीतिक उद्देश्यले प्रेरित’ भएको दाबी गरिन् ।

उत्तरपूर्वी फ्रान्समा विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु

इरानी विदेशमन्त्रीको चेतावनी : हर्मुज जलमार्गमा हुने कुनै पनि चुनौतीले ‘तनाव बढाउनेछ’

भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी तैनाथ

भेनेजुएलामा भूकम्पबाट एक हजार ४०० जनाको मृत्यु, ५० हजारभन्दा बेपत्ता

मेस्सीको अर्को ऐतिहासिक कीर्तिमान, लगातार सात विश्वकप खेलमा गोल गर्ने पहिलो पुरुष खेलाडी

अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले आफ्नो ऐतिहासिक करियरमा अर्को दुर्लभ उपलब्धि थपेका छन् । उनी लगातार सात विश्वकप खेलमा गोल गर्ने पहिलो पुरुष फुटबल खेलाडी बनेका छन्।

अर्जेन्टिनाले जोर्डनलाई ३–१ ले पराजित गरेको खेलमा मेस्सीले गोल गर्दै आफ्नो विश्वकप गोल संख्या १९ पुर्‍याएका छन्।

विश्वकप अन्तिम ३२ को समीकरण पूरा, कसको भिडन्त कुन टिमसँग ?

इन्जुरी समयमा सनसनीपूर्ण गोल: अस्ट्रियाको नाटकीय बराबरीसँगै स्पेनसँगको भेट पक्का

इन्जुरी समयमा सनसनीपूर्ण गोल: अस्ट्रियाको नाटकीय बराबरीसँगै स्पेनसँगको भेट पक्का

प्रकाशित मिति : १४ असार २०८३, आइतबार  ८ : ०० बजे

दुई दिन मुसलधारे वर्षाको सम्भावना, सतर्कता अपनाउन अपिल

काठमाडौं – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी

ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार

बागमती – बागमती प्रदेश कृषि तथा पशुपन्छी मन्त्रालय र हेटौँडा

चट्याङ लागेर एक महिलाको मृत्यु

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको

सङ्घीयता कार्यान्वयन : २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै

जनकपुरधाम – मधेस प्रदेश सरकारले प्रदेशका रु २५ करोडसम्म स्थिर

रौतहटमा नुहाउन गएका दुई बालकको डुबेर मृत्यु

रौतहट – रौतहटको बागमती नदीमा नुहाउन गएका दुई बालकको डुबेर