‘अमेरिकाले एक सय अर्ब डलर दिएर पाँच अर्ब डलरको हल्ला चलायो’ | Khabarhub Khabarhub

‘अमेरिकाले एक सय अर्ब डलर दिएर पाँच अर्ब डलरको हल्ला चलायो’


११ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले अमेरिकाले एक सय अर्ब डलर सहयोग गरेर पाँच सय अर्ब डलर दिएको भन्दै भ्रम फैलाएको गुनासो गरेका छन् ।

युक्रेनको राजधानी किभमा आयोजित पत्रकार सम्मेलनमा उनले रुससँगको युद्धमा भएको खर्च र बाहिरी सहयोगबारे विस्तृत जानकारी गराएका छन् ।

‘युक्रेनको युद्धकालीन सैन्य लागत ३२० अर्ब डलर पुगेको छ, जसमध्ये अमेरिका र ईयूले २०० अर्ब डलर रक्षा सहयोगमा प्रदान गरेका छन्,’ १९ फेब्रुअरीमा आयोजित पत्रकार सम्मेलनमा जेलेन्स्कीले भने, ‘अमेरिकाले युक्रेनलाई ५०० अर्ब डलर होइन, १०० अर्ब डलर सहायता प्रदान गरेको हो । युक्रेनका जनताले १२० अर्ब डलर, अमेरिका र ईयूले २०० अर्ब डलर (कभर) गरेका छौँ । हामी हतियारबारे कुरा गरिरहेका छौं, यो ३२० अर्ब डलरको हतियार प्याकेज हो ।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले किभले वासिङ्गटनको समर्थनको बदलामा युक्रेनको प्राकृतिक स्रोतसाधनमा ५०० अर्ब डलरको सम्झौतामा सहमति जनाएको दाबी गरेपछि जेलेन्स्कीले यसबारे स्पष्ट पारेका हुन् ।

ट्रम्पले २०२२ देखि युक्रेनलाई अमेरिकाले प्रदान गरेको सहयोगको मूल्यबारे बारम्बार अप्रमाणित र विरोधाभासी दाबीहरू गरेको उनले बताएका छन् ।

‘कुल मिलाएर, अमेरिकाले हामीलाई छुट्टै ६७ अर्ब डलरका हतियार दियो । हामीले ३१.५ अर्ब डलर बजेट सहयोग प्राप्त गर्यौं,’ जेलेन्स्कीले भने,‘सहयोगका लागि युक्रेन आभारी छ। तर कसैले ५०० अर्ब डलरसम्म गणना गरेर भन्न सक्दैन, हामीलाई ५०० अर्ब डलर खनिज फिर्ता दिनुहोस्, त्यो गम्भीर छलफल होइन ।’

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  १२ : ५३ बजे

माओवादीलाई फकाउने प्रधानमन्त्री ओलीको ईच्छा, प्रचण्ड टारेको टारेकै !

काठमाडौं– सोमबार दिउँसो काठमाडौंमा एउटा ‘र्‍युमर’ फैलियो– ओली र देउवासँग

कृष्ण सिटौला भन्छन्- ज्ञानेन्द्र शाहले नै जनता भड्काउने काम गरे

काठमाडौं– नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले पूर्वराजा ज्ञानेन्द्र शाहले नै

एमाले सचिवालय बैठक : पछिल्लो घटनाक्रमबारे छलफल

काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । ललितपुरको

स्टिल र आल्मुनियमको कर घट्दैन : ट्रम्प

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टिल र आल्मुनियमको कर घटाउने

ऊर्जामन्त्री भन्छन्- हिमताल संरक्षण र मौसम पूर्वानुमान प्रणाली सुदृढ बनाउन सरकार प्रतिबद्ध छ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले हिमतालको संरक्षण र