ऊर्जामन्त्रीको विरोध गर्नेलाई जिम्मेबारीबाट हटाउन कुलमानलाई निर्देशन « Khabarhub

ऊर्जामन्त्रीको विरोध गर्नेलाई जिम्मेबारीबाट हटाउन कुलमानलाई निर्देशन


११ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काको विरोध गर्ने कर्मचारीलाई जिम्मेवारीबाट हटाउन नेपाल विद्युत् प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङलाई निर्देशन दिएको छ । 

सामाजिक सञ्जालबाट मन्त्री खड्काको विरोध गरेको भन्दै दूधकोशी जलविद्युत् आयोजनाका प्रमुख विमल गुरुङलाई जिम्मेबारीबाट हटाउन मन्त्रालयले निर्देशन दिएको हो ।

‘तहाँ प्राधिकरण अन्तर्गत सञ्चालित दूधकोशी जलविद्युत आयोजनाको प्रमुख कार्यकारी अधिकृत, बिमल गुरुङले मन्त्रालय र यस मन्त्रालयका मन्त्रीज्यूबारे सामाजिक सञ्जालमा गैरजिम्मेवार ढंगले समाचार सम्प्रेषण गरेको हुँदा निजलाई जिम्मेबारीबाट तत्काल हटाउने सम्बन्धमा नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकमासमेत छलफल भई निर्देशन भइसकेकोमा निजलाई हालसम्म पनि जिम्मेवारीबाट नहटाएको बुझिन आएको हुँदा निजलाई तत्काल जिम्मेबारीबाट हटाई यस मन्त्रालयलाई जानकारी गराउनुहुन सचिवस्तरको निर्णयअनुसार अनुरोध छ’, पत्रमा भनिएको छ ।

प्राधिकरणले दूधकोशी जलाशय जलविद्युत आयोजना निर्माणको मुख्य जिम्मेवारीमा २०८१ साउन अन्तिममा इन्जिनियर गुरुङलाई पठाएको थियो । प्राधिकरणको सहायक दूधकोशी जलविद्युत् कम्पनी लिमिटेडमा उनलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा आयोजना प्रमुखको जिम्मेवारी तोकिएको थियो ।

उनी २६ वर्षदेखि प्राधिकरण अन्तर्गतको जिम्मेवारीमा रहेर जलविद्युत् विकासमा काम गरेका विज्ञ व्यक्ति हुन् । तामाकोशी सफल बनाएका उनलाई ६३५ मेगावाटको दूधकोशीको मुख्य जिम्मेवारी तोकिएको थियो । तर अब ऊर्जामन्त्री खड्काले आलोचना गरेको भन्दै उनलाई हटाउन लागेका हुन् ।

४५६ मेगावाटको माथिल्लो तामाकोसीमा अध्ययनको चरणदेखि नै गुरुङ जोडिएका थिए । तामाकोशी आयोजना पूरा हुनुमा एउटा इन्जिनियर, व्यवस्थापक तथा सहयोगीका रूपमा उनको भूमिका महत्त्वपूर्ण थियो।

कार्यकारी निर्देशक घिसिङले मन्त्रीको दबाब नस्वीकारी गुरुङलाई दूधकोशीमा निरन्तरता दिइरहेका छन् । प्राधिकरणका कर्मचारीलाई मन्त्रालयले सरुवा/बढुवा गर्न सक्दैन । त्यसैले मन्त्रालयले कार्यकारी निर्देशक घिसिङमाथि दबाब दिइएको हो ।

गुरुङ दूधकोसी सम्हालन पुगेपछि वित्तीय व्यवस्थापनका लागि एसियाली विकास बैंकसँगको मिसनसँग अहिले साइटमै रहेर निर्माण तयारीको कामलाई टुंगोमा पुर्‍याइसकेका छन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  १ : १४ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार