केपी ओली कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा एपीएफ « Khabarhub

केपी ओली कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा एपीएफ


११ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विभागीय टोली एपीएफ क्लब केपी ओली कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।  

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको खेलमा उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसीलाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै एपीएफ क्लब प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

निर्धारित समयमा दुवै टोलीबाट कुनै गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । एपीएफले अब सेमिफाइनल प्रवेश गर्न ए डिभिजन लिग क्लब संकटासँग प्रतिस्पर्धा गर्नेछ । संकटा पहिलो खेलमा बाई पाउँदै क्वार्टरफाइनलमा प्रवेश गरिसकेको छ ।

आइतबारबाट सुरु प्रतियोगितामा दुई विदेशीसहित ९ टोलीले सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १ सय ११, दोस्रो टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्ने आयोजक राष्ट्रिय युवा संघले जनाएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  ६ : १९ बजे

पोलियो अन्त्यको सन्देश बोकेर सम्पदा स्थलमा साइकल यात्री

काठमाडौँ– विश्व पोलियो दिवसको अवसरमा शनिबार काठमाडौँ उपत्यकाका सातवटा विश्व

मानमानेश्वरी भवानीको खड्ग जात्रा सम्पन्न

ललितपुर– पाटनमा मानमानेश्वरी भवानीको ‘पायो’ अर्थात् खड्ग जात्रा सम्पन्न भएको

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ८ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक ८ गते आइतबारको राशिफल

काठमाडौँ– २०८३ साल कात्तिक ८ गते आइतबार सन् २०२६ अक्टोबर

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६