केपी ओली कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा एपीएफ « Khabarhub

केपी ओली कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा एपीएफ


११ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विभागीय टोली एपीएफ क्लब केपी ओली कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।  

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको खेलमा उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसीलाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै एपीएफ क्लब प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

निर्धारित समयमा दुवै टोलीबाट कुनै गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । एपीएफले अब सेमिफाइनल प्रवेश गर्न ए डिभिजन लिग क्लब संकटासँग प्रतिस्पर्धा गर्नेछ । संकटा पहिलो खेलमा बाई पाउँदै क्वार्टरफाइनलमा प्रवेश गरिसकेको छ ।

आइतबारबाट सुरु प्रतियोगितामा दुई विदेशीसहित ९ टोलीले सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १ सय ११, दोस्रो टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्ने आयोजक राष्ट्रिय युवा संघले जनाएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  ६ : १९ बजे

एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड’ ?

काठमाडौँ – तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ २७ गते शनिबार सन् २०२६

आज २०८३ साल भदौ २७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २७ गते शनिबार सन् २०२६

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई