छैटौँ मधानी महोत्सव मौलापुरमा सुरु « Khabarhub

छैटौँ मधानी महोत्सव मौलापुरमा सुरु


११ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

रौतहट– मौलापुर नगरपालिकाद्धारा आयोजित छैटौँ मधानी महोत्सव औपचारिक रूपमा आजदेखि सुरु भएको छ । मौलापुर  पतौरास्थित धार्मिक, सांस्कृतिक, पर्यटकीय एवं ऐतिहासिक पुरातात्त्विक महादेव मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृत गराउने संकल्प सहित आयोजना गरिएको पाँच दिने मधानी महायज्ञ सुरु भएको हो ।

महोत्सवको आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साह र मधेश प्रदेशको शिक्षा तथा संस्कृति मन्त्री  रानी शर्मा तिवारीले संयुक्त रूपमा विधिवत् उद्घाटन गरेसँगै सुरु भएको छ । 

२०७६ साल देखी प्रत्येक वर्ष भगवान् शिव पार्वतीकोको विवाह उत्सवको रूपमा मनाइने मधानी महायज्ञले धर्म, संस्कृतिको संरक्षण , नेपाल र भारतका लाखौँ दर्शनार्थीहरु दर्शन गर्न यहाँ आउने भएकाले  दुई देशको सम्बन्ध अझै बलियो बनाउने आयोजकले विश्वास लिएको छ ।   

पूर्व मन्त्री प्रभु साहले  साधुसन्त, कलाकार सहित प्राचिक दंगल कार्यक्रममा लाखौँको सहभागिता हुने गरेको छ यसले नेपाल भारतको सम्बन्ध अझै बलियो बनाउँछ भनेका छन्। दुई देश र नागरिकको सम्बन्ध बलियो बनाउँदै धर्मसंस्कृतिको जर्गेना समेत हुन्छ । व्यापार, व्यवसाय समेत यसले बढाउँछ ।

नेपाल र भारतको सम्बन्ध जोडने मधानी महोत्सवमा सबैको चासो रहेको बताउँदै उनले यसलाई व्यवस्थित रूपमा अगाडी बढाउनुपर्ने विचार राखेका थिए। नेपाल र भारतका भक्तजनहरूको साझा स्थल रहेको मधानी महायज्ञ अन्तर्राष्ट्रिय रूपमा अगाडी बढी रहेको उनले बताए । 

महोत्सवको अवसरमा आयोजित साक्षरता अभियानले मौलापुरको गौरव बढाएको बताउँदै पूर्व मन्त्री साहले मौलापुर हरेक क्षेत्रमा सराहनीय काम गरिरहेको बताए। शून्य कर नीतिदेखि लिएर, शिक्षा, स्वास्थ्य, यातायात लगायतका क्षेत्रमा मौलापुर नगरपालिकाले गरिरहेको काम उदाहरणीय रहेको बताउँदै साहले अरु नगरपालिकाले समेत सिक्ने आइरहेकोमा खुसी व्यक्त गरेका थिए।

मौलापुर नगरपालिकाका मेयर रिनाकुमारी साहको अध्यक्षतामा उद्घाटन भएको मधानी महोत्सवमा विभिन्न विद्यालयका विद्यार्थीहरूले शिक्षा साक्षरता केन्द्रित सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । 

मौलापुर नगरपालिका पतौरा स्थित धार्मिक, सांस्कृतिक, पर्यटकीय एवं ऐतिहासिक पुरातात्त्विक महादेव मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृत गराउने संकल्प सहित मधानी महायज्ञ भइरहेको बताउँदै मेयर साहले यसलाई ढिलाइ नगरी विश्व सम्पदा सूचीमा सूचीकृत गर्नुपर्ने माग सरकारसँग गरिन् । 

मधानी महायज्ञ प्राचीन यज्ञ भएको र यहाँ ब्राह्मण बिना नै मन्त्रको जप हुने गरेको छ । ११ फागुनदेखि सुरु भएको मधानी महोत्सव १२ फागुनमा शिव वारात यात्रा, १३ गते मधानी विशेष पूजा समारोह, १४ गते मधानी विशेष सांस्कृतिक समारोह र १५ गते मधानी विशेष दंगल कार्यक्रम रहेको छ ।

आयोजकका अनुसार प्रत्येक वर्ष जस्तै यस वर्ष पनि मधानी महायज्ञमा नेपाल र भारतका चर्चित कलाकारहरू आउदैछन् । हिन्दी, भोजपुरी सिने जगतका चर्चित कलाकार एवं सांसद रवि किशन, भोजपुरी सिने जगतका लेखक, निर्माता तथा विधायक बिनय बिहारी, ‘डायरी अफ मणिपुर’ फिल्मका निर्देशक सनोज मिश्र, भोजपुरीका चर्चित गायक एवं अभिनेता रितेश पाण्डेको महायज्ञमा हुने विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ । 

यसैगरी मधानी महायज्ञमा महाकुम्भ मेलाका भाईरल गर्ल मोनालिसा सहित मिंटुवा भोजपुरीया (कलाकार), सुनील पंडित (गायक), अनु चौधरी (गायिका), सदाम हुसेन (कलाकार), रचना सिवाकोटी ( कलाकार), रुद्र नारायण तिवारी (गायक), प्रीति आर्या पासवान (कलाकार), प्रिया सुहानी (कलाकार), रोसनी राज (कलाकार), सरिता साह (कलाकार), अर्जुन बीसी (कलाकार), मनीषा राई (कलाकार) सहितका राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कलाकारहरूको समेत सहभागिता हुँदैछ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  ७ : ०२ बजे

पहिरोले पुरेको जीपसहित यात्रुको सकुशल उद्धार

गाइघाट – उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–७ स्थित डिल्ली-डुम्री-थुम्का-रौता-मुर्कुची-लिम्चुङबुङ सडकखण्डमा पहिरोले

राहदानी छपाइ प्रकरण : मुद्दा दायर भएका १८ मध्ये ९ जना परराष्ट्र कै कर्मचारी

काठमाडौं । राहदानी छपाइ भ्रष्टाचार प्रकरणमा सोमबार १८ जनाविरुद्ध मुद्दा

कोटेश्वरमा कारले चार मोटरसाइकललाई ठक्कर दिँदा पाँच जना घाइते

काठमाडौं – काठमाडौंको कोटेश्वरस्थित भाटभटेनी नजिक सोमबार भएको सवारी दुर्घटनामा

उपाध्यक्ष पौडेलको पक्राउ राजनीतिक प्रतिशोध र शृङ्खलाबद्ध षड्यन्त्र : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष विष्णु

विष्णु पौडेल पक्राउबारे एमालेले भन्यो : सरकारले अपहरणको शैलीमा गिरफ्तार गर्‍यो, डटेर सामाना गर्छौं

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई