उपाधि भिडन्त पक्का गरिसकेका नेपाल र म्यानमारले बराबरी खेले « Khabarhub

उपाधि भिडन्त पक्का गरिसकेका नेपाल र म्यानमारले बराबरी खेले


११ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप अन्तर्गत आइतबार भएको खेलमा नेपाल र म्यान्मारले २-२ गोलको बराबरी खेलेका छन् ।

प्रतियोगिताको समूह चरणको अन्तिम भिडन्तमा यसअघि नै फाइनलमा पुगिसकेका दुवै टोलीले बराबरी खेलेका हुन् ।

तर खेलमा अग्रता भने छैटौँ मिनेटमै म्यानमारले बनाएको थियो । म्याट नोए खिनले करिब २५ यार्डबाट फ्रीकिकमा सिधै गोल गरेकी थिइन् ।

नेपाली गोलकिपर अन्जन राना मगरले बललाई रोक्न नसकेपछि जाली चुम्न पुग्यो । म्यानमारले अग्रता लिएलगत्तै नेपालले बराबरी गोल फर्कायो । खेलको ११औं मिनेटमा सविता राना मगरले बराबरी गोल गरिन् ।

सावित्रा भण्डारीले मैदानको बायाँबाट अगाडि बढ्दै सिक्स यार्ड बक्सबाट दिएको पासलाई सविताले जाली चुमाइन् । सविताले राम्रो फिनसिङसहित बराबरी गरेकी थिइन् ।

त्यसपछि म्यानमारले खेलको १६ औँ मिनेटमा नेपालविरुद्ध दोस्रोपटक अग्रता लिएको थियो । पछि परेपछि दबाबमा परेको नेपालका लागि खेलको ४१ औँ मिनेटमा सावित्रा भण्डारी साम्बाले गोल फर्काइन् ।

खेलको ४१औं मिनेटमा सावित्राले डी बक्सबाहिरबाट आएको पासलाई पावरफुल सटसहित जाली चुमाउँदै खेललाई २-२ को बराबरी बनाइन् । म्यान्मारका लागि मे हटेट लूले दुवै गोल गरेकी थिइन् नेपालका लागि सबिता राना मगर र सावित्रा भण्डारी साम्बाले एक एक गोल गरे ।

नेपालले दुवै पटक एक गोलले पछि परेको अवस्थामा कमब्याक गर्दै खेल बराबरी गरेको थियो । फाइनलमा पुगिसकेका नेपाल र म्यान्मारबीचको यो खेल दुवैका लागि फाइनल अघिको रिहर्सल खेल भएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  ८ : ०० बजे

पाकिस्तानी दूतावासमा कला प्रदर्शनी र कलाकार संवाद कार्यक्रम

काठमाडौं– नेपालस्थित पाकिस्तानी दूतावासमा ‘नेपाली कलाकारको ब्रसबाट पाकिस्तानका रङहरू’ शीर्षकमा

ललितपुरको ठेंचोमा माधव नारायणको नगर यात्रा सम्पन्न (तस्बिरहरू)

काठमाडौं– ललितपुरको ठेंचोमा माधव नारायणको नगर यात्रा सम्पन्न भएको छ

विज्ञको प्रश्न : घातक निपाह भाइरस रोक्न नेपालले ढिलाइ त गरिरहेको छैन ?

भारतको पश्चिम बंगालमा निपाह भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा पनि

अर्थ मन्त्रालयको दोस्रो त्रैमासिक कार्य प्रगति : पुँजीगत खर्च घट्यो, राजस्वमा डेढ खर्बको खाडल

काठमाडौं– अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८/८३ को दोस्रो त्रैमासमा

व्यवस्था फेरिँदैमा जनताको चहाना सम्बोधन हुँदैन : माधव नेपाल

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले व्यवस्था परिवर्तनले मात्रै