उपाधि भिडन्त पक्का गरिसकेका नेपाल र म्यानमारले बराबरी खेले « Khabarhub

उपाधि भिडन्त पक्का गरिसकेका नेपाल र म्यानमारले बराबरी खेले


११ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप अन्तर्गत आइतबार भएको खेलमा नेपाल र म्यान्मारले २-२ गोलको बराबरी खेलेका छन् ।

प्रतियोगिताको समूह चरणको अन्तिम भिडन्तमा यसअघि नै फाइनलमा पुगिसकेका दुवै टोलीले बराबरी खेलेका हुन् ।

तर खेलमा अग्रता भने छैटौँ मिनेटमै म्यानमारले बनाएको थियो । म्याट नोए खिनले करिब २५ यार्डबाट फ्रीकिकमा सिधै गोल गरेकी थिइन् ।

नेपाली गोलकिपर अन्जन राना मगरले बललाई रोक्न नसकेपछि जाली चुम्न पुग्यो । म्यानमारले अग्रता लिएलगत्तै नेपालले बराबरी गोल फर्कायो । खेलको ११औं मिनेटमा सविता राना मगरले बराबरी गोल गरिन् ।

सावित्रा भण्डारीले मैदानको बायाँबाट अगाडि बढ्दै सिक्स यार्ड बक्सबाट दिएको पासलाई सविताले जाली चुमाइन् । सविताले राम्रो फिनसिङसहित बराबरी गरेकी थिइन् ।

त्यसपछि म्यानमारले खेलको १६ औँ मिनेटमा नेपालविरुद्ध दोस्रोपटक अग्रता लिएको थियो । पछि परेपछि दबाबमा परेको नेपालका लागि खेलको ४१ औँ मिनेटमा सावित्रा भण्डारी साम्बाले गोल फर्काइन् ।

खेलको ४१औं मिनेटमा सावित्राले डी बक्सबाहिरबाट आएको पासलाई पावरफुल सटसहित जाली चुमाउँदै खेललाई २-२ को बराबरी बनाइन् । म्यान्मारका लागि मे हटेट लूले दुवै गोल गरेकी थिइन् नेपालका लागि सबिता राना मगर र सावित्रा भण्डारी साम्बाले एक एक गोल गरे ।

नेपालले दुवै पटक एक गोलले पछि परेको अवस्थामा कमब्याक गर्दै खेल बराबरी गरेको थियो । फाइनलमा पुगिसकेका नेपाल र म्यान्मारबीचको यो खेल दुवैका लागि फाइनल अघिको रिहर्सल खेल भएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  ८ : ०० बजे

राहुघाट जलविद्युत आयोजना निर्माणको १६ वर्षे यात्रा : असफल ठेक्कादेखि परीक्षण उत्पादनसम्म

म्याग्दी– म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना सुरु भएको डेढ दशकको

सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह

नुवाकोट– भोटेकोशी बाढीबाट भएको क्षतिको अवस्थाबारे जानकारी लिन बुधबार नुवाकोट

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ

विपद्जन्य जोखिममा सतर्क रहन देशभरका पालिकाको आग्रह

काठमाडौँ – काठमाडौँ महानगरपालिककासहित देशभरका स्थानीय तहले असोज ९ देखि

कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठक : यस्ता छन् निर्णय

कर्णाली– कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ