कोशी प्रदेशसभामा विधेयक सर्वसम्मतिले पारित « Khabarhub

कोशी प्रदेशसभामा विधेयक सर्वसम्मतिले पारित


११ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

विराटनगर – कोशी प्रदेशसभामा आजको बैठकले ‘प्रदेश जीवनाशक विषादी व्यवस्थापन गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित गरेको छ ।

प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारीमन्त्री खगेनसिं हाङ्गामले सो विधेयक पारित गरियोस् भनी गरिएको प्रस्तावलाई सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतिले पारित भएको हो ।

प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले कोशी प्रदेश ‘प्रदेश वन ऐन, २०७७ लाई संशोधन गर्न बनेको विधेयक’ माथि सैद्धान्तिक छलफलमा उठेका विषयमा यो ऐन स्वच्छ वातावरण बनाउन र मानव जीवनलाई स्वच्छ वातावरणमा लैजान मद्दत गर्ने बताएका छन् । उनले वनमा देखिएका समस्यालाई समाधान गर्न नै यो ऐनलाई संशोधन गरेको प्रस्ट पार्दै पर्यापर्यटन, जलाशय, जलको मुहान, सिमसार क्षेत्रलाई संरक्षण संवद्र्धन गर्न सहयोग पुग्ने बताए ।

मन्त्री मण्डलले ‘कोशी प्रदेश प्रदेश वातावरण संरक्षण ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’माथि विचार गरियोस् भनी गरिएको प्रस्ताव सर्वसम्मतिले पारित भई विधेयकमाथि सैद्धान्तिक छलफल सुरु भयो । सैद्धान्तिक छलफलमा प्रदेशसभा सदस्यहरु विनोद राई, किशोरचन्द्र दुलाल, शोभा चेम्जोङ्ग, रामप्रसाद महतो र कमला दर्नालले आ–आफ्नो धारणा राखेका थिए ।

विशेष समय

विशेष समयमा नेपाल कम्युनिष्ट पार्टी ९एमाले० संसदीय दलका उपनेता तिलकुमार मेङ्याङबोले ताप्लेजुङको पाथीभरा क्षेत्रमा विगत केही दिनदेखि भएको झडपमा दुवै पक्षलाई संयमता अपनाउन आग्रह गरे । उनले आन्दोलनकारीले राँके जुलुस निकाल्दा राँको बालेको आगो नागरिकको घरतर्फ फाल्नु राम्रो होइन भन्दै दुई पक्षमा विभाजित सो क्षेत्रमा शान्ति कायम गर्न सरकारले वार्ता गर्नुपर्ने सुझाव दिए ।

विशेष समयमै जनता समाजवादी पार्टी प्रदेश संसदीय दलका नेता निर्मला तावा लिम्बू, राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता भक्तिप्रसाद सिटौला र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले ताप्लेजुङको धार्मिक क्षेत्र पाथीभरास्थित देखिएको तनावलाई समाप्त गर्न सरकारले केबुलकारका पक्ष र विपक्षसँग वार्ता गरी समस्या समाधान गर्न माग गरे ।

नियमापत्ति

शून्य समयमा कोशी प्रदेशसभा सदस्य गीतादेवी रेग्मीको भनाइमा सदस्य विदुर लिङ्थेपले नियमापत्ति गरेका थिए । सदस्य लिङ्थेपकै भनाइमा असहमति जनाउँदै सदस्य गोम्बु शेर्पाले नियमापत्ति गरेका थिए । सभामुख विष्टले ‘रेकर्ड’बाट हटाउने भनेपछि संसद् पुनः सञ्चालन भएको थियो ।

सोही समयमा प्रदेश सदस्यहरु विद्या चाम्लिङ राई, खिनु लङ्वा लिम्बू, प्रदीपकुमार सुनुवार, मोहन महर्जन, नारायणबहादुर मगर, रमेशकुमार बस्नेत, प्रेमराज थाम्सुङहाङ र गोविन्द गिरीले समसामयिक विषयमा आफ्नो धारणा राखेका थिए । प्रदेशसभाको अर्को बैठक सोमबार बिहान ११ः३० बजे बस्नेछ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  ८ : १२ बजे

‘यस पटकको निर्वाचनप्रति कसैको ‘सिकायत’ रहेन’

काठमाडौं– कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले गत फागुन २१

गृहमन्त्रीको राजीनामा सकारात्मक, विवादबारे निष्पक्ष छानबिन होस् : भीमार्जुन आचार्य

काठमाडौं– संविधानविद भीमार्जुन आचार्यले गृहमन्त्रीको राजीनामा आएपछि सरकार सकारात्मक बाटोमा

रवि-बालेनले सुधनलाई भनेका थिए : हटाउनुभन्दा आफैं मार्ग प्रशस्त गरिदिनू

काठमाडौं– चौतर्फी विवाद भएपछि गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएका छन्।

गृहमन्त्री गुरुङले राजीनामा दिँदै भने- शेयरसम्बन्धी विवादमा निष्पक्ष छानबिन होस्

काठमाडौं- गृहमन्त्री सुधन गुरूङले पदबाट राजीनामा दिएका छन्। उनले दीपक

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् । व्यापारी