आज २०८१ साल चैत १० गते आइतबारको राशिफल | Khabarhub Khabarhub

आज २०८१ साल चैत १० गते आइतबारको राशिफल


१० चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल चैत १० गते आइतबार चैत कृष्ण पक्षको नवमी तिथि। तदनुसार सन् २०२५ मार्च २३ तारिख। विश्व मौसम विज्ञान दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। विदेशको रमझमले मन आकर्षित गर्नेछ। लगानी गरेको भए फाइदा हुनेछ। स्वास्थ्यले साथ दिँदा मन खुशी रहनेछ। शिक्षाको लगानीबाट फाइदा हुनेछ।

वृष : आज तपाईंले सोचेर बोल्नु पर्नेछ। बोलीकै कारण महत्त्वपूर्ण काम बन्ने योग छ। पूर्वको लामो यात्रा नगर्नु राम्रो हुन्छ। धनको पछाडि लाग्दा इज्ज्त गुम्ने जोखिम छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : परिवारसँगको सुझाव लिएर अगाडि बढेमा दिन सहज बन्नेछ। शिक्षा र स्वास्थ्यको क्षेत्रमा उल्लेखनीय लाभ हुनेछ। पैतृक सम्पत्तिबाट फाइदा हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

कर्कट : आफन्तबाट जोगिएर काम गर्नुपर्ने दिन छ। राजनीतिक क्षेत्रमा अन्तरघात हुने जोखिम छ। काम गर्दा सचेत बन्नुपर्ने दिन छ। स्वास्थ्यले साथ दिनेछ। वैदेशिक रोजगारको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ।

सिंह : बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। दाम्पत्य जीवन सफल बन्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनसक्छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

कन्या : परिवारको बोझको सामना गर्नुपर्ने हुनसक्छ। धार्मिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। राज्यको तर्फबाट भय हुनेछ। साथीभाइको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : दिन सामान्य छ। व्यापारमा ठुलो लगानी नगर्नु उचित हुनेछ। शिक्षामा प्रगति हुनेछ। मिहिनेत गरेका ठाउँबाट नाफा हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : दिन राम्रो छ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। साथीभाइको साथ मिल्नेछ। बौद्धिक व्यक्तिसँगको परामर्शले नयाँ योजना अगाडि बढाउन सहयोग पुग्नेछ। प्रेम सम्बन्धमा भने खटपटी बढ्नेछ।

धनु : दिन राम्रो छ। तपाईंको प्रशंसा हुनेछ। तपाईंको बोलीको प्रभाव रहनेछ। विपक्षीको साथ मिल्नेछ। खानपानमा ख्याल गर्नु उचित हुन्छ। आज बनेका योजना दीर्घकालसम्म रहने छन्।

मकर : सञ्चित धन खर्च हुनेछ। अनुत्पादक क्षेत्रको खर्च कटौती गर्नु उचित हुनेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा नाफा हुनेछ।

कुम्भ : दिन सामान्य छ। साथीभाइबाट जोगिएर काम गर्नुपर्नेछ। सञ्चित धन खर्च हुनेछ। शिक्षामा अवरोध सिर्जना हुने जोखिम छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नुपर्नेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

मीन : दिन राम्रो छ। समयले साथ दिएको छ। काम गर्ने हिम्मत जुटाउनु उपयुक्त हुनेछ। शनि अनुकल भए राम्रो काम बन्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। प्राविधिक शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ।

प्रकाशित मिति : १० चैत्र २०८१, आइतबार  ५ : ०८ बजे

जेन-जी आपसी विवादमा, सडकमा ओर्लिए दलका कार्यकर्ता

काठमाडौँ- जेन-जी युवाहरूबीच अन्तरिम सरकारको नेतृत्वलाई लिएर विवाद बढ्न थालेपछि

अन्तरिम सरकार गठन तयारीबीच राष्ट्रपति र सभामुखबीच वार्ता 

काठमाडौँ- केपी शर्मा ओली नेतृत्वको दुईतिहाइको सरकारको अकल्पनीय पतनपछि देशलाई

शीतलनिवासमै सुरक्षित छन् राष्ट्रपति, शुक्रबार बिहानसम्म सुशीला कार्की प्रधानमन्त्री बन्ने दाबी

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा संविधानविदहरुसँग पछिल्लो राजनीतिक संकटबारे

चल्न छाडे राष्ट्रपति र प्रधानमन्त्रीको कार्यालयका वेबसाइट

काठमाडौँ- जेन-जी पुस्ताको आन्दोलन भएको दुई दिन बितिसक्दा पनि देशमा

सांसद माधव सापकोटा भन्छन् : जंगीअड्डाले प्रचण्डलाई बोल्न दिएन, राष्ट्रिय संकट निम्त्याउँदैछ

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटा सुवोधले