आज २०८१ साल चैत १० गते आइतबारको राशिफल « Khabarhub

आज २०८१ साल चैत १० गते आइतबारको राशिफल


१० चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल चैत १० गते आइतबार चैत कृष्ण पक्षको नवमी तिथि। तदनुसार सन् २०२५ मार्च २३ तारिख। विश्व मौसम विज्ञान दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। विदेशको रमझमले मन आकर्षित गर्नेछ। लगानी गरेको भए फाइदा हुनेछ। स्वास्थ्यले साथ दिँदा मन खुशी रहनेछ। शिक्षाको लगानीबाट फाइदा हुनेछ।

वृष : आज तपाईंले सोचेर बोल्नु पर्नेछ। बोलीकै कारण महत्त्वपूर्ण काम बन्ने योग छ। पूर्वको लामो यात्रा नगर्नु राम्रो हुन्छ। धनको पछाडि लाग्दा इज्ज्त गुम्ने जोखिम छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : परिवारसँगको सुझाव लिएर अगाडि बढेमा दिन सहज बन्नेछ। शिक्षा र स्वास्थ्यको क्षेत्रमा उल्लेखनीय लाभ हुनेछ। पैतृक सम्पत्तिबाट फाइदा हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

कर्कट : आफन्तबाट जोगिएर काम गर्नुपर्ने दिन छ। राजनीतिक क्षेत्रमा अन्तरघात हुने जोखिम छ। काम गर्दा सचेत बन्नुपर्ने दिन छ। स्वास्थ्यले साथ दिनेछ। वैदेशिक रोजगारको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ।

सिंह : बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। दाम्पत्य जीवन सफल बन्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनसक्छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

कन्या : परिवारको बोझको सामना गर्नुपर्ने हुनसक्छ। धार्मिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। राज्यको तर्फबाट भय हुनेछ। साथीभाइको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : दिन सामान्य छ। व्यापारमा ठुलो लगानी नगर्नु उचित हुनेछ। शिक्षामा प्रगति हुनेछ। मिहिनेत गरेका ठाउँबाट नाफा हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : दिन राम्रो छ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। साथीभाइको साथ मिल्नेछ। बौद्धिक व्यक्तिसँगको परामर्शले नयाँ योजना अगाडि बढाउन सहयोग पुग्नेछ। प्रेम सम्बन्धमा भने खटपटी बढ्नेछ।

धनु : दिन राम्रो छ। तपाईंको प्रशंसा हुनेछ। तपाईंको बोलीको प्रभाव रहनेछ। विपक्षीको साथ मिल्नेछ। खानपानमा ख्याल गर्नु उचित हुन्छ। आज बनेका योजना दीर्घकालसम्म रहने छन्।

मकर : सञ्चित धन खर्च हुनेछ। अनुत्पादक क्षेत्रको खर्च कटौती गर्नु उचित हुनेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा नाफा हुनेछ।

कुम्भ : दिन सामान्य छ। साथीभाइबाट जोगिएर काम गर्नुपर्नेछ। सञ्चित धन खर्च हुनेछ। शिक्षामा अवरोध सिर्जना हुने जोखिम छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नुपर्नेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

मीन : दिन राम्रो छ। समयले साथ दिएको छ। काम गर्ने हिम्मत जुटाउनु उपयुक्त हुनेछ। शनि अनुकल भए राम्रो काम बन्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। प्राविधिक शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ।

प्रकाशित मिति : १० चैत्र २०८१, आइतबार  ५ : ०८ बजे

भारतीय राजदूत क्रिकेट प्रतियोगिता सुरु

काठमाडौं– नेपालस्थित भारतीय दूतावासको आयोजनामा दोस्रो संस्करणको ‘भारतीय राजदूत क्रिकेट

अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने

सिड्नी- अष्ट्रेलियाले विश्वमा नै पहिलो पटक १६ वर्षमुनिका किशोरकिशोरीहरूका लागि

नेपाली श्रमिकको भिसा प्रभावित नपार्न साउदीसँग श्रममन्त्रीको अनुरोध

काठमाडौं-  युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग नेपालका लागि साउदी अरबका

सामुदायिक वनमा ‘सिमेन्ट’का संरचना नबनाउन आग्रह

काठमाडौं- काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ यज्ञडोल (जगडोल) सामुदायिक वन क्षेत्रमा सिमेन्टका

कार्यशैली कमजोर भए पनि जनतामाझ राप्रपाको एजेन्डा स्थापित छ : अध्यक्ष लिङ्देन

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको कार्यशैली र