साउदीमा वार्ता गर्दै अमेरिका र युक्रेनका अधिकारी « Khabarhub

साउदीमा वार्ता गर्दै अमेरिका र युक्रेनका अधिकारी


१० चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – आइतबार साउदी अरेबियाको रियादमा अमेरिकी र युक्रेनी प्रतिनिधि मण्डलबीच भेटवार्ता हुने भएको छ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबारको वार्ताबारे सामाजिक सञ्जालमार्फत् जानकारी गराएका छन्। उनले सामाजिक सञ्जाल एक्समा सो कुराको पुष्टि गरेका हुन्। अधिकारी तथा प्राविधिक विज्ञबीचमा भेटघाट हुने जनाइएको छ।

अमेरिकाले सोमबार रुससँग वार्ता गर्ने योजना बनाएको छ। २४ फेब्रुअरी २०२२ मा रुसले युक्रेनमा आक्रमण गरेपछि सुरु भएको युद्ध तेस्रो वर्ष पुरा भइसकेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की, रुसी राष्ट्रपति भ्लाडिमिर पुटिन । तस्बिरः एजेन्सी

रुस-युक्रेन युद्धमा दैनिक हजारौँ सैनिक तथा सर्वसाधारणको ज्यान गएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा युद्ध विरामको प्रयास भइरहेको छ।

प्रकाशित मिति : १० चैत्र २०८१, आइतबार  ६ : १७ बजे

अभिनेता धनुष र मृणाल ठाकुरको विवाह भ्यालेन्टाइन्स डेमा !

काठमाडौं– बलिउड अभिनेता धनुष र अभिनेत्री मृणाल ठाकुर लामो समयदेखि

दुई कांग्रेसको जम्काभेट हुने भएपछि बहादुर भवनमा उच्च सतर्कता

काठमाडौं- निर्वाचन आयोगको सुरक्षा व्यवस्था चुस्त पारिएको छ । नेपाली

न्युजिल्यान्डद्वारा इरान दूतावास बन्द

काठमाडौं- न्युजिल्यान्ड सरकारले इरानमा बिग्रँदै गएको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै

मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात एवं वन तथा वातावरणमन्त्री माधवप्रसाद

६ महिनामा आयो ३९ अर्बको प्रतिबद्धता, कृषि क्षेत्रमा देखियो लगानीको आकर्षण

काठमाडौं– नेपालमा चालु आर्थिक वर्षको अर्धवार्षिक अवधिमा ३९ अर्ब बढीको