प्रेस चौतारीको महाधिवेशन आजदेखि, प्रधानमन्त्री ओलीले उद्‌घाटन गर्ने « Khabarhub

प्रेस चौतारीको महाधिवेशन आजदेखि, प्रधानमन्त्री ओलीले उद्‌घाटन गर्ने


१० चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

विराटनगर– प्रेस चौतारी नेपालको केन्द्रीय महाधिवेशन आजदेखि विराटनगरमा सुरु हुँदैछ । महाधिवेशनको प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे उद्‌घाटन गर्ने कार्यक्रम रहेको छ ।

‘समृद्धिका लागि सञ्चार प्रेस चौतारीको आधार’ भन्ने मूल नाराका साथ हुन लागेको महाधिवेशन तीन दिनसम्म चल्ने छ ।

महाधिवेशनका लागि सङ्गठनका पदाधिकारी तथा अधिकांश केन्द्रीय सदस्य र प्रतिनिधिहरू विराटनगर आइपुगिसकेका छन् । चौतारीको माउ पार्टी नेकपा एमालेका नेता तथा महाधिवेशन प्रतिनिधिहरू समेत धेरै जसो आज नै महाधिवेशन स्थलमा आइसक्ने जनाइएको छ । महाधिवेशनमा झण्डै ९ सय प्रतिनिधिले सहभागिता जनाउने महासचिव हिरामान लामाले जानकारी दिए ।

अतिथि, केन्द्रीय पदाधिकारी र सदस्यलाई हिजोबाट र प्रतिनिधिलाई आज र भोलिका लागि खाना र आवासको व्यवस्था गरिएको छ ।

महाधिवेशनले पत्रकारिता क्षेत्रका समस्या र आगामी योजनाको बारेमा  तथा भावी नेतृत्व चयन गर्ने महासचिव लामाले जानकारी दिए ।

चौतारीको भावी अध्यक्षका लागि दुई जनाले उम्मेदवारी घोषणा गरिसकेका छन् । जसअनुसार उपाध्यक्ष गणेश पाण्डे र राजेश राईले भावी नेतृत्वका लागि उम्मेदवारी घोषणा गरिसकेका छन् ।

अन्य पदका लागि पनि अनौपचारिक रूपमा उम्मेदवारी घोषणा जारी रहेको बेला नेतृत्व भने सर्वसम्मत नेतृत्व चयनको लागि प्रयासमा लागेको छ ।

सङ्गठनका अध्यक्ष गणेश बस्नेतले महाधिवेशनमा पद खोज्ने तर पार्टी र सङ्गठनको काममा नलाग्नेलाई नेता नबनाइने जनाइसकेका छन् ।

प्रकाशित मिति : १० चैत्र २०८१, आइतबार  ७ : ०८ बजे

गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा २९ डाक्टर र १५ इन्जिनियर निर्वाचित

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित नयाँ

राष्ट्रपति पौडेलले जारी गरे दुई अध्यादेश, एक विधेयक

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले दुई अध्यादेश र एक विधेयक जारी

कांग्रेस सभापतिको शपथग्रहण फूलपातीका दिन, अन्यको दशैँपछि

काठमाडौँ– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको

ककरोच जनता पार्टीका दिपके फेरि पक्राउ

काठमाडौं- ककरोच जनता पार्टीका प्रमुख अभिजीत दिपके फेरि पक्राउ परेका

दसैँ बिदामा पनि टेकु अस्पताल खुला रहने

काठमाडौँ – काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले