हतारो शहरको ‘चटपटे’ खाजा : मैदाको खानेकुरा घटाउन पोषणविद्को सुझाव | Khabarhub Khabarhub

हतारो शहरको ‘चटपटे’ खाजा : मैदाको खानेकुरा घटाउन पोषणविद्को सुझाव


१० चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

शहरमा खाजाको रुपमा खाइने ‘फास्टफुड’ अर्थात् छिटो तयार हुने खाना चटपटे पानीपुरी, मःम, चाउमिन लगायतको खपत वर्षैभरि हुन्छ। सडकदेखि तारे होटलसम्म यस्ताखाले खानेकुराको पहुँच रहेको पाइन्छ।

बालबालिकादेखि बृद्धबृद्धा सबैका लागि यी खाजा लोकप्रिय मानिन्छन्। यस्तो प्रकृतिको खानाले हाम्रो स्वास्थ्यमा विभिन्न नकारात्मक असर गर्छ भन्ने सबैलाई थाहा छ। पछिल्लो समय मधुमेह, रक्तचाप, क्यान्सर, किड्नी र कलेजोलगायत विभिन्न नसर्ने रोग हाम्रो खानपान र जीवनशैलीकै कारण बढिरहेको अवस्था छ। तर खानामा नियन्त्रणको प्रयास कसैले गरेको देखिदैन।

अझ मौका परे हप्तामा सातै दिन फास्टफुड खाना अधिकांशको रोजाई बन्दै गएको छ। गर्मी मौसमको सुरुवातसँगै जुसलगायत विभिन्न किसिमका पेय पदार्थको माग उत्तिकै बढ्छ।

सबै जुसमा कलरको प्रयोग हुने र ती कलरले क्यान्सर गराउने तथ्य विभिन्न अध्ययनले प्रमाणित गरिसकेका छन्। त्यस्तै अर्को कुरा विभिन्न पेय पदार्थमा चिचीको अत्यधिक प्रयोग गरिएको हुन्छ भने फलफूलकै जुस भनिएका वस्तु पनि त्यति स्वस्थकर नहुने स्वास्थ्यकर्मी बताउँछन्।

त्यसको सट्टा हामीले बरु मही, लस्सी, फ्रेस जुशको प्रयोग गर्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन्। पोषणविद बिनिता पन्तकाअनुसार सधैँ बाहिर खाने र मैदाबाट बनेका फास्टफुड खाँदा आन्द्रामा असर गर्नुका साथै हाम्रो पाचनप्रणाली लगायत शरीरका विभिन्न अंगमा गम्भीर असर पुग्छ।

बाहिरको खानामा नूनको मात्रा धेरै हुने भएकाले दैनिक खाने नुनभन्दा दोब्बर तेब्बर बढी खाइरहेका हुन्छौँ। यस्ताखाले खानाले क्याल्सियम, पोटासियम, फस्फोरसको मात्रा छुटाइरहेका हुन्छौँ। त्यसैले जंकफुड खाँदै नखान र खानै परे कहिलेकाहीँ थोरै मात्रामा खान उनको सुझाव छ।

साताका रोजाई सात खाजा
पानीपुरी

पानीपुरीको लागि बनाइएको टिकिया कस्तो तेलमा तारिन्छ भन्ने पहिले बुझ्न जरुरी छ। यदि स्वस्थ तेलमा तारिन्छ र कहिलेकाहीँ ठिक्क मात्रामा खाने हो भने खानै नहुने चिज होइन। तर तेल नै गुणस्तरहीन प-यो भने त्यसले स्वास्थ्यमा गम्भीर असर गर्छ। त्यसबाहेक पानीपुरी भित्र हाल्ने मसाला, आलु , गेडागुडीहरु ताजा हो कि होइन र पानी कसरी बनाइएको छ ? जस्तै पानीमा अमिलो बनाउनका लागि केमिकलको प्रयोग गरिन्छ अथवा कागती, तित्रीबाट अमिलो बनाइन्छ। त्यो विचार गर्नुपर्छ। स्वस्थ मान्छेले पानीपुरी खानै हुँदैन भन्ने होइन, तर कसरी कुन तरिकाले खाइरहेका छौं भन्नेमा भर पर्छ।

टिकिया पनि घरमै तार्ने, मसला घरमै बनाउने र पानी पनि स्वच्छ सफा, कागती, धनियाँ, पुदिना राखेर बनाउने हो भने त्यही चीज स्वस्थकर हुनपुग्छ। बाहिर ठेलामा बेच्न राखिएको पानीपुरीमा हाल्ने खाद्य सामग्रीको गुणस्तरमा धेरै समस्या हुन्छ। गुणस्तरहीन तेलमा महिनौंअघिदेखि तारेर राखिएको टिकिया, मसला स्वास्थ्यका लागि हानिकारक हुन्छ। यसैगरी पानी अमिलो बनाउन र हरियो देखाउन प्रयोग गरिने केमिकल रोग आमन्त्रणका सहज बाटा हुनसक्छन्।

चटपटे
चटपटे स्वस्थ तरिकाले घरमै बनाइएको छ भने जुनसुकै बिरामीलाई खान सल्लाह दिन्छौँ। जस्तै भुजा, आलु, चना, मटर, गाँजर काँक्रो, हरियो खुर्सानीलगायतका मसला राखेर अमिलोको लागि कागती निचोरेर बनाउँछौं भने त्यो स्वस्थ मानिन्छ। तर त्यसको सट्टा चाउचाउ, अमिलो बनाउन भेनेगर, अजिना, विभिन्न रंग राखेर बनाइएको छ भने त्यसले कुनै न कुनै स्थितिमा हिसाबकिताब गरेरै छोड्छ।

मःम
आजभोलि बजारमा कोदो, फापर, गहुँको पिठोको मम पनि विभिन्न रेष्टुरेन्टहरुमा बनाएको देखिन्छ। यसरी बनाइएको मःम मैदाको तुलनामा केहीहदसम्म स्वस्थकर मानिन्छ। अर्को कुरा मैदा नै प्रयोग गरे पनि किमा बनाउँदा त्यसमा तरकारी राख्नु स्वस्थकर मानिन्छ। त्यस्तै मासु नै राखेर बनाउँदा स्वस्थ मासु राखेर किमा बनाउने गर्दा स्वस्थकर हुन्छ। मिठो बनाउने नाममा बोसो, बिक्री नभएर बचेको मासुको किमा बनाउने गरिएको छ भने त्यो अस्वस्थकर मनिन्छ। अझ कतिपय ठाउँमा त कुहिएको मासुको प्रयोग भएको समाचार पनि सुन्नमा आएका छन्। त्यसैले स्वस्थ तरिकाले बनाइएको मःम ठिक्क मात्रामा कहिलेकाहीँ खानु अनुचित होइन।

चाउमिन
चाउमिनमा अहिले होल नुडल्स, होल पास्ताहरु आइरहेको छ। यी चिजहरु पिठोबाटै बनेका भएर चाउचाउको तुलनामा स्वस्थकर मानिन्छ। तर चाउमिन अथवा पास्ता बनाउँदा प्रशस्त मात्रामा सागपातको प्रयोग गरेर थोरै मसला राखेर बनाउँदा स्वस्थकर नै हुन्छ।

कम गुणस्तरको तेल, अजिना मसला, स्वादिलो बनाउन भेनेगर, केचप लगायतको प्रयोग गरिएको छ भने अस्वस्थकर मानिन्छ।

चाउचाउ
यदि हामी स्वस्थ रहन चाहन्छौं भने चाउचाउ सकेसम्म नखाँदा नै उपयुक्त हुन्छ। चाउचाउको सट्टा भुजा अथवा चिउरा खान सल्लाह दिन्छौं। किनभने चाउचाउ तारेर प्याकिङ गरिने भएकाले कस्तो तेलमा तारिएको हो ? भन्ने पहिलो प्रश्न आउँछ भने त्यसमा प्रयोग गरिएको नुन कति समयदेखि प्याकिङ भइरेहको छ ? त्यसको गुणस्तर कस्तो छ ? भन्ने विषयमा सोच्नुपर्छ।

त्यसैमाथि अझ पछिल्लो समय करेन्ट चाउचाउलगायत विभिन्न स्पाइसी चाउचाउ आइरहेका छन्। त्यस्ता चाउचाउ हाम्रो शरीरका लागि अत्यन्तै अस्वस्थकर खानेकुरा हुन्।

सबैभन्दा पहिलो कुरा त मैदाबाट बनेका खानेकुराले आन्द्रामा असर गर्ने हुँदा आफैँमा अस्वस्थकर मानिन्छन्। चाउचाउमा प्रयोग हुने रसायनले शरीरको प्रणालीमै असर गर्छ। चाउचाउको प्रयोग स्वास्थ्यमा सर्वाधिक हानिकारक छ।

पिज्जा
पिज्जा हामीले चिज, पनिर, च्याउलगायत अन्य तरकारी राखेर वा मासु राखेर घरमै बनाउँछौं भने पिज्जा खानै नहुने होइन। त्यसमा प्रयोग हुने क्यालोरीहरु आफनो लागि कति उपयुक्त छ वा आफूलाई कुनै स्वास्थ्य समस्या छ वा कस्तो खाना स्वस्थकर हुन्छ भन्ने याद गर्नुपर्छ।

बाहिरको पिज्जा कहिलेदेखि बनाएर राखिएको हो ? त्यसको स्वाद कस्तो छ ? भन्ने ख्याल गर्नु जरुरी छ। किनकी कहिलेकाहीँ आज बजारबाट पिज्जा किनेर ल्याएर खायो, भोलिपल्ट पेट खराब भएर अस्पताल पुगेका थुप्रै घट्ना छन्। त्यसैले कसरी र कति खाने भन्ने पनि आफैँमा भर पर्छ।

बर्गर
मैदाबाट बनेका खानेकुरा दैनिकरुपमा प्रयोग गर्नु स्वस्थ्यकर हुँदै होइन। कहिलेकाहीँ थोरै खाँदा नराम्रो हुने चिज त होइन। हाम्रो संस्कृति थोरैमा चित्त नबुझाउने र भरसक पेट अघाएर ढ्याउ नआएसम्म खाएको नमान्ने प्रवृत्तिले समस्या जन्माउँछ। अझ कुन खानेकुरासंग के नखाने भन्ने विवेकमा हामी चुकेका हुन्छौँ।

उपचारकै क्रममा पनि खानेकुरा सन्तुलन नमिलेर हुने विरामप्रति हाम्रो चासो गएकै हुँदैन। बजारमा पाइने खानेकुरा कति स्वस्थकर छन् ? त्यसको उत्पादन कुन प्रक्रियाबाट भएको छ, त्यतातिर जाँदैनौं। मानिलिऊँ हामीले तोरीकै दाना किन्दा चार सय ५० रुपियाँ केजी पर्छ। जबकी तोरीतेल नाममा बजारमा दुई सय ५० रुपियाँ लिटरमै छ्यापछ्याप्ती पाइन्छ।

अर्गानिक चीजवस्तुबाट बनेका खाद्यसामग्री महँगा हुने भएकाले नाफामुखी कम्पनी वा रष्टुरेन्टले जोखिम लिन नचाहने भएकाले सकेसम्म बाहिरको खानाको प्रयोग कम गर्नु उचित हुन्छ। बाहिर खानुपर्ने अवस्थामा चना, अण्डा, रोटी, दही, तरकारीको छनोट उचित मानिन्छ।

ती तेलमा बनेका खानेकुरा कति स्वस्थ होलान ? हामी आफै आँकलन गर्न सक्छौं। त्यसकारण सबैभन्दा रिफाइन तेल र मैदा हो। अर्को भनेको विभिन्न केमिकल जुन खानेकुरामा कलरको रुपमा, स्वादको रुपमा प्रयोग हुने अखाद्य स्रोतबाट आएका वस्तुहरुको प्रयोग भइरहेको हुन्छ।

अर्गानिक चीजवस्तुबाट बनेका खाद्यसामग्री महँगा हुने भएकाले नाफामुखी कम्पनी वा रष्टुरेन्टले जोखिम लिन नचाहने भएकाले सकेसम्म बाहिरको खानाको प्रयोग कम गर्नु उचित हुन्छ। बाहिर खानुपर्ने अवस्थामा चना, अण्डा, रोटी, दही, तरकारीको छनोट उचित मानिन्छ। फास्टफुड र जंकफुडको प्रयोग सकेसम्म नगर्नु नै राम्रो हुन्छ। (पोषणविद् विनिता पन्त सँगको कुराकानीमा आधारित)

प्रकाशित मिति : १० चैत्र २०८१, आइतबार  ९ : ३७ बजे

बुद्ध एयरको सफ्टवेयर ह्याक गरी टिकट बिक्री, दुई जना पक्राउ

काठमाडौं– बुद्ध एयरको सफ्टवेयर ह्याक गरिएको छ। हवाई-टिकट बिक्रीका लागि

प्रतिस्पर्धामा निषेध गरेपछि राजेशले भने : एमालेमा हामीमाथिको प्रश्न यही अन्तिम होस्

विराटनगर– नेकपा एमालेनिकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालका उपाध्यक्ष राजेश

अर्थसंक्षेप : ब्रोकर नम्बर १०१ कारबाहीमा, शेयर बजारमा रौनक, २६ अंकले बढ्यो नेप्से

बीमा प्राधिकरणद्वारा बीमाङ्कीय विज्ञता सम्बन्धी अन्तरक्रिया सम्पन्न नेपाल बीमा प्राधिकरण

निफ : उत्कृष्ट नायक आरके मेहेता, नायिका अञ्जना

काठमाडौं – आठौं संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा नायकको

सिंहदबार भर्सेस कुलमान : बिल नर्तिने उद्योगमा लोडसेडिङ, जनतालाई उज्यालो !

काठमाडौं– आइतबार साँझ नेपाल सिमेन्ट उद्योग उत्पादक संघ, स्टिल्स उत्पादक