ओलीको प्रशंसा गर्दा विवादमा परेपछि प्रकाशको यस्तो सफाइ « Khabarhub

ओलीको प्रशंसा गर्दा विवादमा परेपछि प्रकाशको यस्तो सफाइ


१० चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक प्रकाश सपुत यतिबेला विवादमा छन् । यो विवादबीच उनको लेखन, निर्देशन र अभिनय रहने फिल्म ‘वसन्त’लाई समेत प्रभाव पार्ने किसिमका प्रतिक्रियाहरू आइरहेका छन् ।

उनले केही साताअघि एक पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको खुलेर प्रशंसा गरेका थिए । त्यस्तो प्रसंशा गरेका सपुतलाई धेरैले एमाले निकट रहेको आरोप लगाएका छन् ।

ओलीको सरकार सञ्चालनसँग असन्तुष्टहरूले प्रकाशको आलोचना गरेका हुन् । सोहीकारण केहीले चैत २२ बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘वसन्त’ बहिस्कार गर्ने चेतावनी दिएका छन् ।

उक्त आलोचनाबारे प्रकाश मौन बसेका थिए । तर, शनिबार साँझ सामाखुसीमा आयोजित ‘वसन्त’को ट्रेलर सार्वजनिक कार्यक्रममा प्रकाशले आलोचनाबारे मौनता तोडेका छन् ।

विवादको प्रसङ्ग प्रकाश आफैँले कोट्याए । कार्यक्रम सञ्चालकले प्रकाशको प्रशंसा गरेका थिए । त्यसपछि प्रकाशले आफूले ओलीको प्रशंसा गरेको घटनालाई इङ्गित गर्दै भने, ‘कार्यक्रम सञ्चालकले मेरो प्रशंसा गर्नुभयो । तर, मलाई प्रशंसा गर्न कसैले जित्न सक्दैन ।’

प्रकाशले यो प्रसङ्ग कोट्याएपछि सञ्चारकर्मीका प्रश्न उनीतर्फ नै तेर्सिए । ‘प्रशंसा गर्दा पनि आलोचना सहनुपर्ने रहेछ है ?’ भन्ने प्रश्नमा उनको जवाफ थियो, ‘कहिलेकाहीँ यस्तो पनि हुनेरहेछ ।’

तथापि उनले ओलीको प्रशंसालाई आफ्नो गल्ती भनी स्वीकार गरेनन् । कार्यक्रमको प्रकार र माहोलअनुसार आफ्नो विचार राखेको उनले तर्क गरे ।

सपुतले भने, ‘सार्वजनिक कार्यक्रममा आफ्ना एक खालका विचारहरू राखिन्छ । माहोल अनुसारको विचार व्यक्ति गरिन्छ ।’

सर्जकको हिसाबले भने आफूले सधैँ तटस्थ रहेर आलोचना गर्ने बताए । उनले भने, ‘व्यक्तिलाई गाली गर्ने मेरो शैली होइन । म कलाकार हुँ । सिर्जनामा समाजको चेतना र समाजलाई शासन गर्नेहरूलाई पनि प्रश्न गर्ने काम मेरो हो ।’

‘वसन्त’की नायिका स्वस्तिमा खड्काले प्रकाश सिर्जनामार्फत् नै बढी प्रश्न उठाउने सर्जक रहेको बताइन् । उनले भनिन्, ‘मैले उहाँसँग जति काम गरेँ । त्यहाँ उहाँले समाज र यही रहेका व्यक्तिहरूलाई नै प्रश्न उठाउनुभएको छ ।’

प्रकाशित मिति : १० चैत्र २०८१, आइतबार  २ : २८ बजे

कांग्रेस फुट्छ भन्दै चन्द्र भण्डारी र सुनील शर्माले छाडे विशेष महाधिवेशनस्थल

काठमाडौं‍- पार्टी फुटमा साथ नदिने भन्दै डा. चन्द्र भण्डारी र

कुनै पनि हालतमा पार्टी फुट्न दिँदैनौँ : सुजाता कोइराला 

काठमाडौं– नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले पार्टीलाई कुनै पनि हालतमा

आफ्नो देशलाई रोमानियासँग विलय गराउने पक्षमा भोट हाल्छु : मोल्दोभाकी राष्ट्रपति सन्दु

काठमाडौं– मोल्दोभाकी राष्ट्रपति माइया सन्दुले आफ्नो मुलुकलाई रोमानियामा विलय गराउने

उम्मेदवारीका लागि मनोनयन पत्र वितरण सुरु

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि उम्मेदवारी दर्ता प्रक्रियाअन्तर्गत

सभामुख भन्छन् : संसद् पुनर्स्थापना गरेर निर्वाचनमा जानु उपयुक्त, सर्वोच्चले छिटो फैसला दिए राम्रो

काठमाडौं- विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सर्वोच्च अदालतले संसद् पुनर्स्थापना