जनकपुर अस्पतालमा दैनिक १२ सय बिरामीको उपचार  « Khabarhub

जनकपुर अस्पतालमा दैनिक १२ सय बिरामीको उपचार 


१० चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

जनकपुर-जनकपुरस्थित प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार गराउन आउने बिरामीको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । 

मधेस प्रदेशको प्रादेशिक अस्पतालका निर्देशक डा.जामुनप्रसाद सिंहका अनुसार यसअघि दैनिक करिब दुई सय बिरामी उपचार गराउन आउने गरेकामा व्यवस्थापनको सुधारसँगै अहिले दैनिक एक हजार दुई सयसम्म बिरामी अस्पताल आउने गरेका छन् ।

व्यवस्थापन सुधार कार्यक्रमअन्तर्गत ‘हेल्प डेस्क’को व्यवस्था तथा भौतिक पूर्वाधारसहित जनशक्तिको व्यवस्थापन भएसँगै सेवा चुस्त दुरुस्त भएको सो अस्पतालले जनाएको छ । तोकिएका समयमा अस्पताल नआउने र राम्रोसँग जिम्मेवारी बहन नगर्ने चिकित्सक एवं स्वास्थ्यकर्मीलाई कारबाही गर्न थालेपछि अहिले बिरामी एवं तिनका आफन्तजनबाट गुनासा आउने क्रम कम भएको निर्देशक डा.सिंहले बताए ।

अस्पतालले पछिल्लो समय तोकिएको समयमा स्वास्थ्यकर्मीबाट निर्बाध रूपमा स्वास्थ्य सेवा प्रवाह भइरहेको, औषधि वितरण कार्यलाई पारदर्शी एवं प्रभावकारी बनाएको, शल्यक्रिया गर्दा कुनै पनि भेदभाव नगरेको र प्राप्त हुने गुनासा यथाशक्य छिटो सम्बोधन गर्न थालेपछि बिरामीको चाप उल्लेख्य सङ्ख्यामा बढेको स्पष्ट गरेको छ ।

प्रयोगशाला प्रमुख प्रमेश्वर यादवका अनुसार यसअघि अस्पतालको व्यवस्था राम्रो नहुँदो बिरामीहरू उपचार गराउन निजी अस्पतालमा जान बाध्य हुने गरेकामा अहिले दैनिक बहिरङ्ग सेवाअन्तर्गत एक हजार २०० बिरामी प्रादेशिक अस्पताल जनकपुर आउने गरेका छन् ।

सो अस्पतालको सामाजिक सुरक्षा विभागका डा.बद्री साहले गरिब तथा असहाय बिरामीलाई स्वास्थ्य उपचारदेखि औषधि तथा प्रयोगशालामा निःशुल्क सेवा उपलब्ध गराउँदै आएको बताए । प्रदेश अस्पताल जनकपुरधाममा चिकित्सक, नर्स, प्राविधिक, प्रशासन, सरसफाइकर्मीसहित करिब पाँच सय कर्मचारी कार्यरत रहेको प्रशासन प्रमुख फूलकुमार यादवले जानकारी दिए ।

प्रकाशित मिति : १० चैत्र २०८१, आइतबार  २ : ३६ बजे

न्युजिल्यान्डद्वारा इरान दूतावास बन्द

काठमाडौं- न्युजिल्यान्ड सरकारले इरानमा बिग्रँदै गएको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै

मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात एवं वन तथा वातावरणमन्त्री माधवप्रसाद

६ महिनामा आयो ३९ अर्बको प्रतिबद्धता, कृषि क्षेत्रमा देखियो लगानीको आकर्षण

काठमाडौं– नेपालमा चालु आर्थिक वर्षको अर्धवार्षिक अवधिमा ३९ अर्ब बढीको

लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

काठमाडौं– प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरी शुक्रबार

कांग्रेस (शेरबहादुर) दलबलसहित बहादुर भवनतिर, कांग्रेस (गगन) पनि आयोगमै

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्ष दलबलसहित निर्वाचन आयोगतर्फ हिँडेको