आयोजकलाई हराउँदै एपीएफ सेमिफाइनलमा « Khabarhub

आयोजकलाई हराउँदै एपीएफ सेमिफाइनलमा


१० चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विभागीय टोली एपीएफले रुपन्देहीकै पुरानो र प्रतिष्ठित तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा स्थान बनाएको छ ।

देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा आइतबार सम्पन्न खेलमा एपीएफले आयोजक करेन्ट रुपन्देही–११ लाई १–० ले पराजित गरेको हो । अब एपीएफले फाइनल प्रवेश गर्न संकटा र जर्जियन एफसीबीचको विजेतासँग खेल्ने छ । यी दुईको खेल सोमबार हुनेछ ।

एपीएफ र रुपेन्देहीबीचको खेल शनिबार नै सकिने तय थियो। तर, खराब मौसमका कारण ६५ मिनेटपछिको खेल आइतबार खेलाइएको हो । एपीएफलाई अन्तिम चारमा पुर्‍याउन हरि कार्कीले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको १८औँ मिनेटमा गोल गरेका थिए ।  

खेलको ‘म्यान अफ द म्याच’ एपीएफका गोलकिपर विशाल गुरुङ घोषित भए । प्रतियोगिताको २३औँ संस्करणको विजेताले नगद १२ लाख १२ हजार २२२ रुपैयाँ प्राप्त गर्नेछन् । 

उपविजेता टिमले ६ लाख, ६६ हजार, ६६६ रुपैयाँ तथा विधागत उत्कृष्ट खेलाडीहरूलाई गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षकलाई नगद ३१ हजार प्रदान गरिने छ । प्रतियोगितामा आयोजक करेन्ट रुपन्देही–११ सहित संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्वाइज युनाइटेड, नेपाल पुलिस क्लब, नेपाल सशस्त्र प्रहरी बलको एपीएफ क्लब तथा दुई विदेशी टिमहरु एडोर्न गडवाल स्पोर्टिङ क्लब, जर्जियन एफसी गरि आठ टिम सहभागी छन् ।

प्रकाशित मिति : १० चैत्र २०८१, आइतबार  ३ : १३ बजे

 वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

विराटनगर– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

काठमाडौं– साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाका विदेशमन्त्री सिनेटर पेनी वङबीच

एनएमबि बैंक साधारण शेयरधनीलाई ७ प्रतिशत नगद लाभांश दिने

काठमाडौं- एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरण योग्य