भारतले बिजुली नदिए अहिले पनि लोडसेडिङ हुन्छ : शंकर पोखरेल  « Khabarhub

भारतले बिजुली नदिए अहिले पनि लोडसेडिङ हुन्छ : शंकर पोखरेल 


१० चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

विराटनगर– नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार चलाउन मात्रै नेपाली कांग्रेस र एमाले नमिलेको बताएका छन् ।

प्रेस चौतारी नेपालको दशौँ महाधिवेशनको उद्घाटन समारोहलाई आइतबार विराटनगरमा सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।

‘यो सरकार चलाउनका लागि मात्रै हामी मिलेको होइन, प्रमुख पार्टीको सहकार्य देशलाई अघि बढाउन भएको हो । मुलुक आर्थिक रूपमा संकटमा पुगेको अवस्थामा लोकतन्त्रका लागि लडेका दल मिल्नु आवश्यक थियो’, उनले भने, ‘जनताको निराशालाई आधार बनाएर मुलुकलाई पछाडि फर्काउने कुरा स्वीकार्य छैन । राजाको शासनमा ३ खर्बको अर्थतन्त्र अहिले ५७ खर्बको भइसकेको छ । के यो गणतन्त्रको उपलब्धि होइन ?’

उनले अब पञ्चायतको समयमा देश फर्किन नसक्ने पनि बताएका छन् । उनले भारतले बिजुली नदिए अहिले पनि लोडसेडिङ हुने अवस्था रहेको बताएका छन् ।

‘भारतले बिजुली दिएन भने लोडसेडिङ व्यहोर्नुपर्ने अवस्था छ’, उनले भने, ‘हामीले तथ्यका आधारमा बहस गर्नुपर्छ। जन्मका आधारमा हुने शासन आजको समयमा सम्भव छैन। भ्रम सिर्जना गर्नेहरूले मुलुकलाई अँध्यारोतिर लान खोज्दै छन् ।’

उनले राजावादीका कारण नेपाल दुर्घटनामा पर्ने अवस्थालाई नेपाली जनताको लोकतान्त्रिक चेतनाले स्विकार्न नसक्ने बताएका छन् ।

‘प्रमुख पार्टी मिलेको स्थायित्वको लागि हो । त्यसको आधार खोज्न अन्य दलको पनि विश्वास जित्ने कोसिस हुन्छ’, उनले भने, ‘तथ्यमा प्रवेश नै नगरी गाली गर्ने काम भइरहेको छ । सञ्चार क्षेत्र तथ्यमा आधारित हुनुपर्छ ।’

चीनमा कार्यकारी राष्ट्रपति सी चिनफिङ तेस्रो कार्यकाल र भारतमा मोदी पनि तेस्रो कार्यकाल नेतृत्वमा पुग्दा नेपालमा प्रधानमन्त्री र मुख्यमन्त्री कयौँ पटक आए, गएको उनले बताए ।

‘विचारविहीन र अवसरवादी दल जन्मिनु कुनै प्रगति होइन । च्याउ सरी दल उम्रनु राम्रो होइन निर्णायक राष्ट्रिय शक्ति निर्माणमा हामी जानुपर्छ’, उनले भने, ‘त्यो अभियान राष्ट्रको अभियान हो । एमाले अहिले पनि जनताको रोजाईको पहिलो पार्टी छ तर निर्णायक शक्ति छैन ।’
उनले संकट सामना गर्न कांग्रेस र एमाले मिलेका बताएका छन् । ‘२०८४ मा हामी एक्ला एक्लै लड्छौँ’, उनले भने, ‘समाजमा अशान्ति र अराजकता मच्चाउनु होइन लोकतन्त्रको अर्थ, त्यसैले हामी देशलाई अघि बढ्न मिलेका हौँ ।’

प्रकाशित मिति : १० चैत्र २०८१, आइतबार  ४ : ५५ बजे

बादलले मर्ज गरे शंकरको प्रतिवेदन, नेतृत्व परिवर्तनको विषय हटाएर पार्टीमा लगिँदै

काठमाडौं- नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली नेतृत्व परिवर्तनको विषयलाई

स्वास्थ्यका लागि सुरक्षित मातृत्व अधिकारसम्बन्धी प्रस्तावमाथि छलफल

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरूले भविष्यका नागरिकको स्वास्थ्यका लागि सुरक्षित मातृत्वसम्बन्धी सार्वजनिक

नेपाली कांग्रेस वैतेश्वरको ८ वटै वडाको अधिवेशन सम्पन्न सर्वसम्मत नयाँ नेतृत्व चयन 

काठमाडौं– नेपाली कांग्रेस वैतेश्वर गाउँपालिकाले सर्वसम्मत ८ वटै वडाको नयाँ

‘राइट टु रिकल’ कार्यान्वयनका लागि रास्वपा कार्यदलले थाल्यो काम

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयनका लागि

पाकिस्तानमा सुरक्षा कारबाही : पाँच लडाकु मारिए, २३ नागरिकको उद्धार

इस्लामावाद- पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा सुरक्षा बलले सञ्चालन गरेको कारबाहीमा